अर्थ-वाणिज्य

प्रचण्ड-माधव समुहको नयाँ काम, प्रतिबद्धता पत्रका नाममा चुनावी घोषणा पत्र लेख्दै



काठमाडौं ५फागुन । संसद पुनस्थापना हुनुपर्ने जोडदार माग सहित आन्दोलनमा रहेको नेकपा प्रचण्ड नेपाल समुहले अनौठो काम थालेको छ । सो समूहले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र लेख्ने गृहकार्य थालेको जनाएर चुनावी घोषणा पत्र वनाउन जुटेको रहस्य पुष्टि भएको छ ।संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिबद्धता पत्र लेख्ने कार्यदल बनेको सार्वजनिक भएको  छ ।

    गएको माघ २६ मा बसेको संघर्ष समितिको बैठकले श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बनेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, बेदुराम भुसाल लगायत सदस्य छन् । ‘कार्यदल बनेको छ, अब यसले प्रतिबद्धतापत्र तयार पार्ने गरी छलफल अगाडि बढाउँदैछ’, वेदुराम भुसालले भने ।नागरिक अगुवाहरुले आमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिको लागि मात्रै होइन भन्ने स्वेतपत्र जारी गर्न सुझाव दिँदै आएका छन् ।

    त्यसकै आधारमा समूहले प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको छ । चुनाव भै हाले सोही पत्रलाई केहि परिमार्जन गरी चुनावी घोषणा पत्र बनाउन सकिने भएकाले मेहनतका साथ तयारीमा रहेको श्रोतले वताएको छ । (मेरो कलम अनलाइन पत्रिकावाट)

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६