अर्थ-वाणिज्य

बाणगंगावाट शुरु भयो-‘भूमाफियाको पर्दाफास कार्यक्रम’



कपिलवस्तु ५ फागुन ।भूमाफिया दलालको प्रर्दाफाश गर्नुपर्ने  कपिलवस्तु बाणगंगा ८ वालापुर सीसेनी टोल बिकास परिबारले माग गरेका छन । बर्षौदेखी आफूहरु बस्दै आएको जग्गामा केही ब्यक्तिले आफ्नो जग्गा भएको दाबी गर्दै जग्गा नापी गरेकोले सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन । ३४/४० बर्षदेखी बाणगंगा खोलाको खोला उकास जग्गामा बस्दै आएका स्थानियहरुलाई भूमाफिया दलालले किर्ते गरि आफ्नो नाममा जग्गा पास गराउन खाजेको भन्दै न्यायका लागि माग गरेका छन । 

मंगलबार सिसेनी बासीहरुले पत्रकार सम्मेलन गर्दै यस बिषयमा गम्भिरता पूर्बक भएर लाग्न वडा अध्यक्ष संगै स्थानिय सरकारलाई अपिल गरेका छन । आफूहरु सुकुम्बासी रहेको र गत बुधबार यस क्षेत्रमा नगरपालिकाबाट लगत संकलनको काम भएको उनीहरुको भनाई छ । यता शनिबार प्रहरी सहित भिमलाल सापाकोटाले जग्गा आफ्नो रहेको दाबी गर्दै नापि बोलाएर नापेर गएको बताएका छन । निम्न आयस्तरका स्थानियहरु बस्दै आएको उक्त क्षेत्रमा पटक पटक क्रसर उद्योग खोल्ने भन्दै आउने गरेका र आफूहरुको बिरोध पछि उद्योग सञ्चालन आउन नसकेको स्थानिय समसेर मियाले बताउनुभयो ।

 आफूहरु गाउ छाडेर कतै नजाने भन्दै यसतर्फ न्याय दिलाउन स्थानिय बासिन्दाले जोडदार माग गरेका छन । उक्त गाउमा अहिले ४०/५० घर रहेका छन । यहा जनजाति ,दलित र मुश्लिम समुदायका बासिन्दाहरु लामो समय देखी बस्दै आएका छन । यता मुश्लिम अगुवाहरुले यस क्षेत्रमा मदरसा र मस्जिद रहेको र अन्त सार्न नमिल्ने बताएका छन । त्यसैले यस बिषयमा सम्बन्धित निकाय गम्भिर भएर आफूहरुलाई न्याय दिनुपर्ने र भूमाफिया दलालको प्रर्दाफाश गर्नुपर्नेमा जोड दिएका छन ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६