अर्थ-वाणिज्य

बुद्धभूमीको विकास द्रुत उपलब्धी उन्मूख भएको दावि



कपिलवस्तु ५ फागुन ।कोरोनाको प्रभाव कमभए संगै कपिवस्तुको बुद्धभूमि नगरपालिका चालु आर्थिक वर्षका योजना कार्यान्वयनमा सक्रियताका साथ लागेको छ । यो भन्दा पहिलो आर्थिक वर्षमा कोरोनाको कारण थलिएका नगरका गतिविधिहरुले यस आर्थिक वर्षमाभने गति लिएका छन् । चालु आर्थिक वर्षमा कुल विनियोजित ९५ करोड ९२ लाख रुपैयाँमध्ये हाल सम्मपूँजीगत तर्फ ४ करोड ४३ लाख ३४ हजार २ सय १९ रुपैयाँ  र चालु तर्फ १२ करोड ६६ लाख १६ हजार रुपैयाँहाल सम्मखर्च भैसकेको नगरपालिकाका लेखाअधिकृत राम प्रसाद भटराईले जानकारी दिनुभयो । 

    बुद्धभूमि नगरले कुरालाई भन्दा पनि कामलाई प्रमुख प्राथमिकतामा राखेकोले दु्रतगतिमा विभिन्न कार्यक्रम तथा योजनाको कार्यान्वयन भैरहेको नगर प्रमुख केशबश्रेष्ठले धारणा राख्नु भयो । नगरले सातौँ नगरसभाबाट पारित योजनाहरु मध्ये ठुला प्रकृतिका योजनाहरुको प्रतिश्पर्धाको माध्यमद्धारा निर्माण कार्य गराउने प्रयोजनकालागिहाल सम्म २६ वटा योजनाको ठेक्का संझौता सम्पन्न भएको ट ।

     चालु आर्थिक वर्षमा १५ वटा  कार्याविधिीनिर्माण सम्पन्नभएको र उपभोक्ता समितिमार्फत गरिने १ सय ४२ वटा योजनाको सम्झौता सम्पन्नभई त्यस्को कार्यान्वयनको कार्य अगाडी बढेको प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।यस्तै नगरको सामाजिक विकास शाखा तर्फका योजना तथा कार्यक्रमहरुले पनि गतिलिएका छन् । 

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६