अर्थ-वाणिज्य

स्थानीय सरकारप्रति नगरवासी सन्तुष्ट ,स्वास्थ्य सेवामा फड्को हान्ने मेयरको प्रतिवद्धता



कपिलवस्तु ६ फागुन ।कपिलवस्तुको बुद्ध भूमि नगरपालिकाको कार्य सम्पादनमा नगरबासीहरु सन्तुष्ट देखिएकाछन् । नगरपालिकाले नगरको सभाहलमा बुधवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्र्रस्तुत गरिएको नागरिक अभिमत तथा सेवा ग्राहिको बहिर्गमन प्रतिवेदनमा अधिकांश सेवा ग्राहिहरुले नगरले प्रदान गर्ने गरेका सेवाहरु प्रति आफूहरु सन्तुष्ट भएको बताएको विवरण सार्वजनिक भएको हो  । 

    सेवाग्राहीहरुसंग गरिएको प्रत्यक्ष लिखित अन्तर्वार्ताको आधारमा तयार पारिएको प्रतिवेदनमा ९५ प्रतिशत भन्दा बढि सेवाग्राहिहरुमा असन्तुष्टि नदेखिएको हो । साथै आज सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा समेत उपस्थित नगरवासिहरुले सन्तुष्ट रहेको बताएका थिए । नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै नगर प्रमुख केशब कुमार श्रेष्ठले अहिले नगरको प्रमुख आवश्यकताका रुपमा अस्पताल रहेकोले नगरमा १५ शैयाको अस्पताल स्थापनाको लागि डिपिआर भैरहेको बताउनुभयो । 

    साथै आँखा सम्बन्धि परिक्षणका लागि बहादुरगंज आँखा अस्पतालसंग समन्वय गरि विभिन्न समयमा शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो । मदिराका कारण महिला हिंसाको घटनामा वृद्धि भैरहेको प्रति उपस्थित महिलाहरुले प्रश्न उठाएपछि मेयर श्रेष्ठले राज्यले मदिरा बेच्नका लागि लाइसेन्स नै दिने गरेकोले मदिरा नियन्त्रणमा समस्या भएको बताउनुभयो । 

    सोहि कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर मिरा थारुले नगरभित्र हुने महिला हिंसाका घटनामा तुरुन्त कदम चाल्नका लागि नगरले ¥यापिड रेसपोन्स टिम गठन गरिसकेको जानकारी दिनुभयो । नगरका प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेलले चालु आर्थिक वर्षमा नगरले २ लाख भन्दा कम रकमका योजनाहरु वडा कार्यालय मार्फत नै सम्झौता गर्ने कार्य सुरु गरे संगै कार्य सम्पादनमा सहजता आएको बताउनुभयो । 

    कार्यक्रममा उपस्थितहरुले पछिल्लो समय नगरमा मात्रै नभएर पुरै देशमा महिला किशोरी तथा बालिकाहरुको जबर जस्ती करणी र हत्याको श्रृंखला बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख केशब कुमार श्रेष्ठको अध्यक्षता उपप्रमुख मिरा थारु प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेल र नगरप्रवक्ता पवन कुमार थारु लगायतको आातिथ्यता मोहन बेल्वासेको स्वागत हरि अधिकारीको सञ्चालनमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६