अर्थ-वाणिज्य

गुणस्तरहिन पुरानो ग्याँस सिलिण्डर नष्ट गर्न शुरुवात



बुटवल ६ फागुन ।  त्रिशुल ग्याँस प्रा.लि.ले गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट गर्न सुरु गरेको छ । एभरेष्ट ग्यास समूह अन्तर्गतका उद्योगहरुमा म्याद नाघेको, प्वाल परेको, हाइड्रो टेष्टमा फेल भएका र बिग्रिएका गुणस्तरहिन सिलिण्डरहरु नष्ट गर्न सुरु गरिएको त्रिशुल ग्यास प्रा.लि. का व्यवस्थापक देवीप्रसाद भुसालले बताउनु भयो । 

    सात प्रदेशमा रहेका सातवटै कम्पनीहरुमध्ये पुस महिनाभित्र प्रिमा ग्याँस उद्योगले ६९० थान, सुगम ग्याँस उद्योग धानीखोला धादिङले ४०५ थान, एभरेष्ट ग्यास उद्योग काठमाण्डौंले ६९० थान र त्रिशुल ग्याँस प्रा.लि. रुपन्देहीले ३६३ थान गरी प्रथम चरणमा २ हजार १ सय ३३ थान सिलिण्डरहरु नष्ट गरिने भुसालले जानकारी दिनुभयो । 

    भुसालका अनुसार करिब ४९ लाख बराबरको सिलिण्डरहरु नष्ट गरिनेछ । सुरक्षित र सर्वसुलभ तरिकाले सिलिण्डर उपभोक्ताको भान्सासम्म पु¥याइ उपभोक्ताले प्रयोग गर्दा पनि उच्च सतर्कताले सिलिण्डर सतर्कताका साथ सबै राष्ट्रिय अन्तर्राष्ट्रिय एलपी ग्यास सिलिण्डरका मापदण्डहरु पूर्ण रुपले पालना गर्दै नष्ट गर्न थालिएको उहाँको भनाई छ । 

    एभरेष्ट ग्याँस समूहद्वारा प्रबर्तित सातवटा प्रदेशमा रहेका उद्योगहरुका ग्याँस सिलिण्डरहरु अत्याधिक पुराना तथा बिग्रिएका, चुहिने, प्वाल परेका सिलिण्डरहरु गुणस्तर तथा नापतौल विभाग कार्यालय बुटवलका सञ्जय यादव, मोहन प्रसाद पाण्डे, रमेश प्रसाद पाण्डे, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका टेकराज पन्थी, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका बालकृष्ण आचार्य, ग्याँस विक्रेता, प्रहरी तथा सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गर्न थालिएको उद्योगका बजार प्रबन्धक उत्तम कार्कीले बताउनु भयो । 

    पेट्रोलियम पदार्थ आफैमा प्रज्वनशील र त्यसमा पनि एलपी ग्याँस अति नै प्रज्वनशील पदार्थमा पर्ने र यस्तो वस्तुको ओसारपसार, भण्डारण भारतका विभिन्न रिफाइनरीबाट आयात गरी उद्योगबाट रिफिल गरी डिपोमार्फत उपभोक्तासम्म पु¥याउने कार्य चुनौतीपूर्ण रहेको कार्कीले बताउनु भयो ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६