अर्थ-वाणिज्य

सीमावासी ब्यावसायीले भने सरकार बाँच्न देऊ



बुटवल ६ फागुन । कोभिड–१९ का कारण वन्द भएको नेपाल भारत सीमा नाका बेलहिया ११ महिना बितिसक्दापनि सहजरुपमा खुल्न सकेको छैन् । सरकारले बेलहियासहितका भारतसंग सीमा जोडिएका नाकाहरु खोलिएको बताए पनि सहज रुपमा नाका सुचारु नहुँदा पर्यटन व्यवसाय ठप्प प्रायः भएको छ ।लामो समयसम्म पर्यटकीय नाका सञ्चालनमा नआएपछि पर्यटन क्षेत्र धरासायी अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । 

    पर्यटन व्यवसायीहरुले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको र भारत लगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडान समेत सुरु भइसकेको अवस्थामा स्थलमार्ग हँुदै सबैभन्दा बढी पर्यटक आवागमन अझै पनि बन्द रहेको आवतजावत सुचारु गर्न माग गरेका छन् ।रुपन्देही जिल्लामा क्रियाशिल पर्यटन तथा व्यवसायिक संघ सस्थाले नाका सुचारु गर्न माग गर्दै विहिवार सीमा नाका बेलहियामा आधा घण्टा चक्का जाम गरेर मैनबत्ती जुलुस निकालेका छन् ।

    सिद्धार्थ होटल एशोसियसन नेपाल (सान), सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, होटल व्यवसायी, यातायात व्यवसायी लगायत नेपाल भारतका सरोकारवाला निकायले मैनबत्ती जुलुस निकालेका हुन् । सिद्धार्थ होटल एशोसियसन नेपाल (सान) का अध्यक्ष मिथुनमान श्रेष्ठले सरकारले सिमा नाका खोल्ने निर्णय गरेपनि मालवाहक ट्रक बाहेक साना सवारीका साधन नखोल्दा पर्यटक आउनै नसकेको गुनासो गर्नुभयो । 

    उहाँले भारतको नाका हुँदै पैदल नेपाल आउने पर्यटकको संख्या न्यून भएको र तेश्रो मुलुकबाट आउने पर्यटक समेत सवारी रोकिँदा आउन नसक्ने बताउनु भयो । उता प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने केन्द्रबाट निर्णय नभएसम्म साना सवारी साधन एक देशबाट अर्को देश आउने जाने गर्न रोकिएको बताउनु भयो । 

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६