अर्थ-वाणिज्य

उवासंघ शिद्धार्थ नगरको चुनावी सरगर्मी वढ्यो



भैरहवा ७ फागुन । रुपन्देहीका  उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थनगर उद्योग वाणिज्य संघमा नेतृत्वका लागि चुनावी दौड सुरु भएको छ ।संघको अगामी २ वर्षे कार्यकालका लागि मंगलबार निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै उम्मेदवारका आकाक्षीहरु पनि दौडधुपमा लागेका छन । निर्वाचनको मिति नजिकिदै गएसँगै संघमा आबद्ध १६ जना नयाँ अनुहार पदको आकांक्षा सहित उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा छन ।

    १ महिला सहित ११ पद वाणिज्य सदस्य तर्फ नयाँ अनुहारको रुपमा प्रमोद रिजाल, दिनेश अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन, ऋषि पाण्डे, जवाहिर अग्रहरिले उम्मेदवारी दिने घोषणा गरेका छन । महिला १ पदको कोटा तर्फ भने हाल समम कसैको उममेदवारीको चर्चा आएको छैन ।

    त्यस्तै १ महिला कोटा सहित ६ जन उद्योग सदस्य तर्फ ओम जैशी, हरि बहादुर थापा, राजु न्यौपाने, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्सालले उम्मेदवारी दिने गरी मैदान मा छन, एक पद महिला सदस्यका लागि ३ जना नया अनुहार मिना पन्थी, हेमा बेल्बासे र विष्णु माया शर्मा पौडेलले समेत संघमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

    यस्तै बस्तुगत तर्फ एक पदका लागि विनय ज्ञवालीले पनि नयाँ अनुहारको रुपमा उम्मेदवारीको घोषणा गरेका छन ।  नयाँ अनुहारको अलावा हालका कार्यसमिति सदस्य र यस अघिका निर्वाचन कार्यक्रममा उम्मेदवारी दिइसकेका दर्जन बढिले पनि अहिलेको निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन ।

    पदाधिकारी भन्दा पनि कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दिनेहरुको लर्को छ । युवा र संघलाई थप व्यवस्थित गर्न अहिले उम्मेदवार तथा आकांक्षीहरूले एजेण्डा बोकेर सामाजिक संजालसँगै चोक चोकमा चर्चा गरिरहेका छन । केही उममेदवार घर दैलोमा पुगेर मत माग्ने, पर्चा पम्पलेट वितरण गरेका छन भने सामाजिक संजाल फेसबुक, म्यासेज, ब्हाटसप, भाइबर भ्वाइस सन्देश लगायतका डिजीटल माध्यमबाट पनि उम्मेदवारीका लागि प्रचार प्रसार भइरहेको छ ।

    आकाँक्षीहरु नियमित छलफल, आन्तरिक समूह बनाउने, उद्योगी ब्यबसायीसंग सरसल्लाह गर्ने, पूर्व अध्यक्ष तथा पदाधिकारीहरुसँग सहकार्य गर्ने ,प्यानल बनाएर जाने की स्वतन्त्ररुपमा भिड्ने विषयमा दैनिक छलफल चलाईरहेका छन् ।

 

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६