अर्थ-वाणिज्य

निर्वाचन प्रजातन्त्रको प्राण भएको मुख्यमन्त्री पोखरेल तर्क



बुटवल ७ फागुन । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्वाचनबाटै प्रजातन्त्र बलियो बन्ने दावी गर्नुभएको छ । उहाँले संघीय सरकारले ताजा जनादेशका लागि लिएको निर्वाचनको निर्णयले प्रजातन्त्रलाई नै बलियो बनाउने दावी समेत गर्नुभयो ।प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र रहेका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई सही भन्दै आवधिक चुनावले नागरिक सर्वोच्चतालाई स्थापित गर्ने समेत दावी गर्नुभयो ।

      उहाँले प्रजातन्त्रमा चुनावलाई सही र सार्थक बनाउन सबैको सकारात्मक सहयोग आवश्यक पर्ने बताउनु भयो । प्रजातन्त्र दिवसका अवसरमा लुम्विनी प्रदेश सरकारले शुक्रवार आयोजना गरेको प्रजातन्त्र दिवस कार्यक्रमलाई बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले बैशाखमा हुने प्रतिनिधिसभा निर्वाचन गर्न सार्थक सहयोगको लागि अग्रसर बनौं भन्नुभयो ।प्रदेश सरकार समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेर समृद्धिको अभियानमा अघि बढिरहेको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास र सम्मृद्धिको लक्ष पूरा गर्न सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो।उहाँले संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको  भन्दै प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्नुभयो ।

    नेपाली जनताको लामो संघर्ष र बलिदानबाट निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना भएको भन्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो – संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न सकेमात्र आम नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउँछन् ।मुख्यमन्त्री पोखरेलले नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनका लागि दृढ संकल्पित छौं भन्नुभयो । 

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६