अर्थ-वाणिज्य

कपिलवस्तुमा संयुक्त आन्दोलनको तयारी,जनतालाई भ्रममा पार्न चुनाव घोषणा :सांसद पन्थी



कपिलवस्तु ८ फागुन ।प्रचण्ड माधव नेपाल समूह नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष बिष्णु पन्थीले प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पार्न चुनाव घोषणा गरेको बताउनु भएको छ । नेकपा कपिलवस्तुले आयोजना गरेको प्रतिगमन बिरुद्ध आयोजित सर्बदलिय बैठकलाई सम्बोधन गर्दै नेता पन्थीले चुनाव तत्कालिन रुपमा मत्थर पार्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई ललिपप दिनलाई घोषणा गरेको बताउनुभयो ।

  लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य समेत रहनुभएका नेता पन्थीले नेकपा फुटने कुनै ठूलो कुरा नभएको भन्दै सिस्टम फुटन लागेको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्रीको ओलीको असबैधानिक र अलोकतान्त्रि कदमले लोकतन्त्रलाई संकटमा परेको बताउनुभयो । 

  बैठकमा प्रतिगमन र असबैधानिक कदमका बिरुद्ध शान्तिपूर्ण आन्दोलन प्रति बिभिन्न दलहरुले एक्यबद्धता जनाएको छन । नेपाली कांग्रेस सहित जनता समाजबादी  ,राष्ट्रिय जनमोर्चा  ,नेकपा माओवादी क्रान्तिकारीले एक अपिलपत्र सहित सर्बोच्चको फैसला र त्यसपछिको परिस्थिती अनुसार केन्द्रमा हुने छलफल र निष्कर्षका आधारमा संयुक्त आन्दोलनमा जाने बताएका छन । 

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६