ब्रेकिंग न्युज

राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन



तुलसीपुर (दाङ), १६ कात्तिक

लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ । पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई दृष्टिगत गर्दै बाढी जोखिम न्यूनीकरण र पूर्वाधारको दिगो ‘डिजाइन’का लागि यो अध्ययन सुरु गरिएको हो । सूचना अधिकारी खुमानन्द वलीका अनुसार गएको आर्थिक वर्ष २०८२÷८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन कार्य सम्पन्न गरिएको छ । यस अध्ययनले नौमुरे बाँध निर्माणपश्चात् पश्चिम राप्ती नदीमा सुक्खा याममा हुने पानीको अभाव र बर्खायाममा आउने बाढीको प्रभावकारी व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने सूचना अधिकारी वलीले बताए । नदी नियन्त्रण, पुल तथा अन्य हाइड्रोलिक संरचनाहरूको डिजाइनमा एकरूपता कायम भई दिगो र जलवायुमैत्री संरचनाहरू निर्माण हुने उहाँको भनाइ छ । हालसम्म निर्माण भएका नदी नियन्त्रण संरचनाहरूको संरक्षण र आगामी योजनालाई पारदर्शी एवं व्यवस्थित बनाउन ‘वेब’ आधारित सम्पत्ति व्यवस्थापन प्रणाली पनि तयार पारिएको छ । यस प्रणालीमार्फत हालसम्म बनेका संरचनाहरूको ‘डिजिटल’ अभिलेख, त्यसबाट समुदायमा पुगेको लाभ, आवश्यक थप संरचनाहरूको विवरण, लागत र प्राप्त हुने प्रतिफल समेटेर गतिशील गुरुयोजना तयार गरिनेछ । –––

प्रकाशित : १७ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६