अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश : लगानी सम्मेलनको संयोजन गर्ने जिम्मा कुन मन्त्रीले पाए ?



बुटवल ९ फागुन । लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले २०७७ चैत १९ र २० लगानी सम्मेलन गते निर्णय गरेको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकेको जनाउनुभएको छ । प्रदेश सरकारको पूर्व योजना अनुसार नै सम्मेलन हुन लागेको उहाले जानकारी गराउनुभएको हो ।

    प्रवक्ता चौधरीले सम्मेलनको लागि मिति तोकिएको भएपनि स्थान भने नतोकिएको जानकारी दिनुभयो ।  सरकारले बैशाखमा निर्वाचनको मिति तोकेपनि सम्मेलन गर्नलाई निर्वाचन आयोगले निर्णय नगर्दासम्म काम जारी रहने उहाले जानकारी दिनुभएको छ । यसको विषयमा आवश्यक समन्वय गर्न लुम्बिनी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीलाई संयोजक तोकिएको उनले जानकारी दिनुभयो ।

    लगानी सम्मेलनको लागि अवधारण पत्र बनाइने जानकारी गराउँदै उहाले प्रोजेक्ट बैंक लगायतका कामहरु हुने जानकारी दिनुभएको छ । उहाले समितिको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सदस्य सचिव तथा सदस्यहरुमा प्रमुख सचिव, प्रदेश मन्त्रालयका सबै सचिवहरु, योजना आयोगका सदस्यहरु रहने गरी काम हुने जानकारी दिनुभयो ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६