अर्थ-वाणिज्य

विप्लवसंग सफल वार्ता हुन्छ, एकताको कुरा तपसिलको विषय : परराष्ट्रमन्त्री



गुल्मी ११ फागुन नेकपाका प्रभावशाली नेता एवम सरकारका  परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विप्लवसंग सफल वार्ता गरेर उहाहरुलाई देश वनाउने महान अभियानमा सरिक गराउने वताउनु भएको छ । उहाहरुसंग नेकपाको एकताको विषय तपसिलको कुरा हो भन्दै अहिले नै एकताको कुरा नहुने स्पष्ट पार्नु भएको छ । उहाले संसदभन्दा सरकार स्थिर हुनुपर्ने बताउनु भएको छ । केपी समुहको नेकपा जिल्ला कमिटी गुल्मीमा अगुवा कार्यकर्तालाइ सम्बोधन गर्दै ज्ञवालीले ६/६ महिनामा सरकार परिवर्तन गरेर स्थिर संसद्को काम नभएको उल्लेख गर्नु भयो  ।

उहाले अझै पनि आफुहरुले एकताको ढोका खुल्ला गरिरहेको अवस्थामा प्रचण्ड माधब समुहले प्रधानमन्त्रीलाई समेत पार्टीबाट कारबाही गर्यौ भन्दै हिड्नु दुर्भाग्पुर्ण रहेका बताउनु भयो ।  पार्टीको अहिलेको अवस्थामा आउन नदिन आफुसहितका थुप्रै नेताको धेरै प्रयत्न असफल भएपछि प्रधानमन्त्रीले बिचौलियालाई देश भन्दा जनतालाई दिएको बताउनु भयो  । 

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले हिम्सा भन्दा शान्ति र समृद्धि खोजेकाले बिप्लप समुहसंग बार्ता गर्न सकारात्मक भएको जानकारी दिनु भयो ए । उहाले धेरै समयसम्म बिप्लपसङ वार्ताको लागि कसरत गरेको सरकारले अहिले उ आफै बार्ता खोजेको बेला आफुहरुको कुनै सर्त नभएकाले स्पष्ट पार्नु भयो  । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मुलुक ताजा जनादेशमा गएकाले अब फर्केर हेर्ने कुनै ठाउँ र अवस्था नरहेको बताउनु भयो । साथै सबै अगुवा कार्यकर्तालाई ५ बुदे निर्देशन दिनु भयो । उहाले प्रतिनिधि सभा विघटनको बाध्यता जनतामा बुझाउन, संगठन चुस्त दुरुस्त राख्न, तिनै सरकारले गरेका कामको प्रचार गर्न, निर्वाचनको तयारीमा लाग्न र जनस्तरका भेला गर्न निर्देशन दिनु भयो ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६