अर्थ-वाणिज्य

लुम्विनीका ७ सहित ६८ जिल्लामा नयाँ नेतृत्व घोषणा



बुटवल ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समुहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। प्रतिनिधी सभा विघटन भएपछि राजनीतिक रुपमा विभाजित सो समुहले लुम्बिनी प्रदेशका ७ जिल्ला सहित ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लागेको हो। प्रचण्ड माधव समुहले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेका थिए। 

    त्यस अनुसार जिल्लाहरुमा नेतृत्व चयन भएको हो ।  जस अनुसार कपिलबस्तुमा विष्णु पन्थी अध्यक्ष र रामचन्द्र शाह सचिव भएका छन् । यस्तै रुपन्देहीमा राजु गुरुङ जिल्ला अध्यक्ष र नारायण जिसी सचिव तोकिएका छन्। त्यसै गरी गुल्मीमा अध्यक्षमा सोमनाथ सापकोटा र सचिवमा विरबहादुर कार्की रहेका छन् ।

    त्यसै गरी दाङमा टीकाराम खड्का अध्यक्ष र सचिवमा तुल्सीराम पुन, रुकुम पूर्वमा अध्यक्षमा मेघबहादुर श्रेष्ठ र सचिवमा भिउमान घर्ति, रोल्पामा अध्यक्षमा सुरेन्द्र घर्ति र सचिवमा हरिप्रसाद घर्ति, बाँकेमा अध्यक्षमा आइपि खरेल र सचिवमा अशोक कोइराला रहेका छन्। 

    गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको प्रचण्ड माधव समुहले जनाएको छ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६