अर्थ-वाणिज्य

अदालतको आदेश आउना साथ नयाँ दल खोल्ने मन्त्री त्रिपाठीको दावि



चन्द्रौटा ११ फागुन । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले वैशाखमा हुने चुनावमा बेग्लै दल दर्ता गरेर सहभागी हुने बताउनु भएको छ । यसअघिको प्रतिनिधिसभा चुनावमा नेकपाको सूर्य चिह्नबाट चुनाव लडेका नेता त्रिपाठीले फागुनभित्र दल दर्ता गरेर वैशाखको चुनावमा सहभागी हुने बताउनु भएको हो ।उहाले चन्द्रौटामा आफू निकटका कार्यकर्तालाई संक्षिप्त संवोधन गर्दै यस्तो वताउनु भएको हो । अदालतले चुनाव घोषणा गरोस हामी नयाँ दल घोषणा गर्छाै उहाले भन्नु भयो ।

    यस अघि चन्द्रौमा आयोजित फरक कार्यक्रममा बोल्दै रोना विरुद्धको खोप तेस्रो चरणमा ५५ बर्ष माथिका नागरिकलाई लगाइने स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले बताउनु भएको छ । ५५ बर्ष माथीका  नागरिकहरुलाई फागुन २३ गतेबाट खोप लगाउने र सबै खोप केन्द्रबाट खोप लगाउन सकिने उहाँले बताउनु भयो । व्यापार संघ कपिलवस्तुको आयोजनामा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले स्थानिय तहहरुले नाम संकलन गरी  केन्द्रमा पठाउन अनुरोध गर्नु भयो ।

     नेपाल कोरोना नत घटेको नत हटेको बताउदै मन्त्री त्रिपाठीले विश्वका अन्य  देशमा कोरोनाको तेस्रो लहर चल्दै गर्दा नेपाल कोरोनाको महामारी केहि कम भएको र मृत्युदर पनि कमि रहेको बताउनु भयो । सिमति देशले सिमति खोप पाइरहेको अवस्थामा  नेपालले सहजै खोप पाइरहेको उहाँले बताउनु भयो । कोरोनाको जोखिम भने अझै कायम नै रहि रहेकोले स्वास्थ मापदण्ड अझै अपनाइरहनु पर्नेमा उहाँले जोड दिनु भयो ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६