अन्तर्राष्ट्रिय

नासाले अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गर्दै गरेको भिडियो सार्वजनिक



काठमाण्डौ ११ फागुन। अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ । भिडियोमा गएको हप्ता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । भिडियोमा रोबोटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको बीबीसीले जनाएको छ ।

भिडियोमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबोट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसको नजिक आएको देखिन्छ ।अन्तरिक्ष यान पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको थियो । नासाले यानमा क्यामेराहरू बाँधेर पठाइएको थियो । सात वटा क्यामेरा यानको अवतरणको रेकर्डिङका लागि मात्रै राखिएको थियो ।

एक हजार किलोग्राम तौल भएको उच्च प्रविधियुक्त रोबोटमा सातवटा उपकरण, कयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ । यस्तै, अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।छ वटा पाङ्ग्रा भएको नासाको अन्तरिक्ष यान सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर गएको ७ गते मङ्गल ग्रहमा पुगेको हो । https://www.bbc.com/news/av-embeds/56158928/vpid/p097r4r9

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६