लुम्बिनी

बाघको छाला ओसार पसारमा संलग्न दुई जनालाई सार्वजनिक



दाङ १२ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला ओसार पसारमा संलग्न दुई जनालाई सार्वजनिक गरेको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले तुलसीपुर उपमहानगरपालिका– ४ गोठी खोलाबाट दुई जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।पक्राउ पर्नेमा सल्यान, वागचौर नगरपालिका– ९ का २९ वर्षीय सन्दीप डाँगी र सोही पालिका– १५ का ३७ वर्षीय ईन्द्रबहादुर थापा बिक रहेका छन् ।उनीहरुको साथबाट प्रहरीले बाघको टाउकोदेखि पुच्छरसम्मको ४ फिट ५ ईन्चको छाला बरामद गरेको हो ।यस्तै दुवै जना चढेको रा ४ प ८८४७ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उक्त छाला १० लाख रुपैयाँमा कारोबार भइरहेको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६