अर्थ-वाणिज्य

२० गाउलाई जोड्ने मर्थिखोलामा पक्की पुलको सिलन्यास,५० वर्ष देखिको अधुरो सपना पुरा



कपिलवस्तु १३ फागुन ।कपिलवस्तुको मायादेवी गाउँपालिकाको वडा नं. ३ फुलिका मर्थिखोलामा ३ करोड ४६ लाखको लागतमा २५ मिटर लामो डबल लेनको पक्की पुल बन्ने भएको छ । एक भव्य समारोहका वीच प्रदेश सांसद विष्णु पन्थीले पुलको सिलन्यास गर्नु भयो । सिलन्यास गर्दै सांसद पन्थीले पञ्चायतदेखि जनताले माग गरे पनि कुनै सरकारले सुनुवाई नगरेकोमा यसपाली प्रदेश सरकारले पुलकालागि बजेट विनियोजन गरेको बताउनु भयो ।

२० गाउलाई जोड्ने मर्थिखोलामा पक्कीपुलको सिलन्यास गरिएकोे हो । सो पुलको ५० वर्ष देखिको अधुरो सपना पुरा भएको स्थानीय वडाध्यक्ष सुकदेव तिवारीको भनाइछ । १८ महिनामा निर्माण सम्पन्न हुने भनिएकोमा एक बर्ष भित्रै काम सम्पन्न गर्न ठेकेदार पक्षलाई बिशेष आग्रह गर्दै कुनै असुविधा परेमा सघाउन पालिका प्रमुख उपप्रमुखलाई अनुरोध गर्नु भयो । सिलन्यास समारोहका वीच धार्मिक विधिअनुसार भएको पुजामा प्रदेश सांसद सुष्मा यादव,मायादेवी गाउँपालिका उपाध्यक्ष गिता तिवारी , वडा अध्यक्ष शुकदेव तिवारीको सहभागिता थियो ।

फुलिका आधारभूत निमाविसंगै रहेको उक्त खोलामा पुल बन्न नसक्दा बालबालिका समेत उच्च जोखिममा परेको वडा अध्यक्ष तिवारीले बताउनु भयो । प्रदेश सांसद पन्थीले गरेको पहल सार्थक भएको र यसले २० गाउँका जनतालाई प्रत्यक्ष फाइदा प¥्याउने तिवारीको भनाई छ ।वाणगंगा नगर आफैमा समृद्धीको यात्रामा रहे पनि त्यो संगै सिमा जोडिएको फुलिकामा पुल बन्न नसक्दा विगतमा एक जना विद्यार्थीले सो नदी तर्दा ज्यान गुमाउनु परेको थियो । फुलिकावासीले लामो प्रतिक्षा पछि पुल बन्न थालेकोमा उत्साह पूर्वक सिलन्यास समारोहमा सहभागिता जनाएका थिए । 

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६