अर्थ-वाणिज्य

होमस्टे सुदृढ पार्दै सरकार,प्रदेशको अर्थ ब्यवस्था पर्यटनमा आधारीत हुदै : सांसद पन्थी



कपिलवस्तु १५ फागुन ।लुम्विनी प्रदेशको अर्थब्यवस्थाको  प्रमुख आधार पर्यटन उद्योग रहेको लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले बताउनु भएको छ । लुम्बिनी प्रदेशमा अहिलको अवस्थामा कृषि अर्थब्यवस्थाको आधार भएको बताउदै भबिष्यमा पर्यटन उद्योगमा आउने परिवर्तनले अर्थब्यवस्थामा ठूलो टेवा पुग्ने उहाको भनाई छ । उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको होमस्टे ब्यवस्थापन तालिमको कपिलवस्तुको जगदिशपुर जलशयमा उदघाटन गर्दै यस्तो बताउनुभएको हो ।


प्रदेश सरकारले पर्यटनलाई बढवा दिदै बिभिन्न रणनितिका साथ अघि बढिरहेको सांसद पन्थीले स्पष्ट पार्नुभएको छ । ग्रामिण क्षेत्रको अर्थब्यवस्थालाई बलियो बनाउन होमस्टेले महत्वपूर्ण टेवा पु¥याउने बताउदै पृथक पहिचान बनाएर होमस्टेलाई अघि बढाउन ब्यवसायिहरुलाई सुझाब समेत दिनुभयो ।बिशुद्ध ब्यवसायिक रुपमा होमस्टेलाई प्रबद्धर्न गर्दै अघि बढाउन आग्रह गर्दै प्रदेश सरकारको स्थानिय उत्पादनलाई बजारीकरण र प्रद्धर्बनमा सधैब आवश्यक साथ सहयोग रहने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमले होमस्टेहरुलाई अनुदानका लागि २ करोड बजेट बिनियोजन गरि बिभिन्न होमस्टेहरुले दिएको प्रस्तावका आधारमा २५ वटालाई छनौट गरि अनुदान दिएको जानकारी गराउनुभएको छ । प्राप्त भएको अनुदानलाई सहि रुपमा सदुपयोग गर्न आग्रह गर्दै होमस्टेका माध्यमबाट स्थानिय उत्पादनलाई आयआर्जनको पाटोमा जोड्न ब्यवसायीहरुलाई सुझाब दिनुभयो । 

मन्त्रालयको बार्षिक  कार्यक्रम अन्तगर्त आयोजना गरिएको तालिममा ३ जिल्लाका होमस्टे  ब्यवसायिहरुको सहभागिता रहेको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालय छैठौ अधिकृत कृष्ण पौडेलले बताउनुभयो । होमस्टे सञ्चालनमा काुननी प्राबधान ,होमस्टेको ब्यवस्थाकीय पक्ष , कसरी आर्थिक क्षेत्रमा जोड्ने लगाएतका बिषयबस्तुमा आधारित रहेर तालिम सञ्चालन हुने छ ।१६ गतेसम्म सञ्चालन हुने तालिमम लामो समयदेखी होमस्टेमा क्षेत्रमा काम गर्दै आउनुभएका मूख्य प्रशिक्षक तिलक ढकाल र  कृष्ण चौधरी रहनुभएको छ ।

तालिममा रुपन्देही नवलपरासी र कपिलवस्तुका गरि ३५ होमस्टे ब्यवसायिहरुको सहभागिता रहेको मन्त्रालयका पर्यटन बिकास शाखाका आलोक कुमार ओझाले जानकारी गरानउभयो । यता कपिलवस्तुको जगदिशपुरमा मात्र अहिले १३ घर होमस्टे सञ्चालनमा रहेका छन । 

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६