अर्थ-वाणिज्य

‘महिलाले उत्पादन गरेका सामग्री अब कोशेली घरबाट’



कपिलवस्तु १७ फागुन   मानवअधिकारका लागि एकल महिला समुह कपिलवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १० दिने झोला सिलाउने तालिम आज देखि ४ नं जितपुरमा शुरु भएको छ । तालिमको उद्घाटन गर्दै वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले नगरपालिकाले महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउदै लगेको बताउनु भयो ।

    नगरका ११ वटै वडामा महिलाहरुलाई विभिन्न सिपहरु नगरले दिएको उहाँले स्पष्ट पार्नु भयो । नगरले महिलाहरुलाई आर्थिक शसक्तिकरणका लागि सिलाईकटाई , कुसन , मुढा , चुरा , पार्लर लगायतका सिप सिकाउदै आर्यआर्जनमा लगाउने गरेको उपमेयर अर्यालले बताउनु भयो । अब छिट्टै नगरपालिकाले  ‘वाणगंगा कोशेली घर ’ निमार्ण गर्ने जनाउनु  भयो । कोशेली घरमा महिलाले उत्पादन गरेका सामग्रीहरुलाई राखीने र बजारीकरणमा सहयोग गर्ने उहाँले बताउनु भयो । 

    कार्यक्रममा बोल्दै सिद्धार्थ वचत तथा ऋण सहकारीका अध्यक्ष सुर्य कुमारी शाहिले महिलाहरुलाई सिप दिएर आत्मनिर्भर बनाउन सरकार लाग्नु पर्ने बताउनु भयो ।  नगरभित्रका महिलाहरुको पहिचान गरि उनीहरुलाई आवश्यकता अनुसारको सिप प्रदान गर्नु पर्ने उहाँले जनाउनु भयो ।  कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले महिलाहरु आर्थिक रुपले शसक्त हुने हो भने महिला माथि हिंसा नहुने बताउनु भयो । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका इन्दीरा भट्राईले तालिममा सिकेका सिपलाई व्यवहारमा उतारी व्यवसायी बन्न महिलाहरुलाई आग्रह गर्नु भयो । 

    एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा राईले एकल महिलाहरुले सिप सिकेर व्यवसाय गर्दा आर्थिक रुपले सहज हुने बताउनु भयो । नगरका ११ वटै वडाका महिलाहरु सहभागी भएको तालिममा १० दिन झोला बनाउने तालिम लिए पछि सिलाउने मेशिन समेत पाउने  अध्यक्ष राईले बताउनु भयो । एकल महिला समुहका नगर अध्यक्ष शान्ता आचार्यको अध्यक्षता एवं शोभा आचार्यको सञ्चालनमा कार्यक्रम भएको हो । १० दिन सम्म चल्ने तालिमको प्रशिक्षण वसन्ती सेनले दिनु हुने छ । 

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६