अर्थ-वाणिज्य

यूवा किसानलाई बिनाधितो कर्जा दिन नेपाल बैक सहमत



अर्घाखाँची २० फागुन   सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई  बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ ।विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवाहरु तथा अन्य युवाहरुलाई व्यावसायिक कृषि पेशामा आबद्ध गराइ समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि  कर्जा कार्यक्रम सञ्चालन गरेको नगर  प्रमुख कमलप्रसाद भुसालले बताउनु भयो ।  व्यावसायिक कृषि गर्नेहरुलाई सुलभ कृषि  कर्जा प्रदान गर्न सन्धिखर्क नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज (बुधबार) हस्ताक्षर भएको छ ।

 हस्ताक्षर  समारोहमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गर्नु भएको हो  । कृषि पेशा गर्नेहरुलाई बिना धितो कर्जा प्रवाह गरिने जसमा  कुनै प्रक्रिया शुल्क नलाग्ने, ब्याजदर पनि २ देखि ३ प्रतिशतको हाराहारीमा रहने नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले बताउनुभयो ।

सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले अन्य सेवाहरु इन्टरनेट बैंकिंग, एटीएम सेवा, इबीबीएस लगायतका सेवाहरु समेत निःशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ ।यसको लागि सन्धिखर्क नगरपालिकाको ७५ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडको ७५ लाख गरी एक करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । कृषि पेशा गर्ने युवाहरुलाई एक लाख देखि ३ लाख रुपैयाँसम्म सुलभ कर्जा प्रदान गरिने नगर प्रमुख भुसालले बताउनुभयो ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६