पर्यटन

दाङको तरकारीले बजार नपाउँदा किसानहरु चिन्तित



लमही २० फागुन । दाङको देउखुरीमा किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन् । किसानले उत्पादन गरेको तरकारीलाई भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने ब्यबस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसानहरु मारमा परेका छन् । 

यो सिजनमा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसानहरु मारमा पर्ने गरेका छन् । उत्पादन भएका तरकारीले बजार नपाउँदा बिचौलियाहरुसमेत सल्बलाउने गरेको स्थानीय श्रीराम चौधरी बताउँछन् ।लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल थाल्नुपर्ने कृषक चौधरीले माग गर्नु भएको छ । लमही नगरपालिकाले पनि कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको भन्दै त्यसबाट किसानहरुले केही आशा गरेको कृषकहरुको भनाई छ ।

यता लमही नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मोहन गिरीले पीडित कृषकलाई उचित राहतको ब्यबस्था गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् । लमही नगरपालिका–७ तरकारीका लागि पकेट क्षेत्र भएकाले कृषि क्षेत्रबाटै समृद्धि ल्याउन सकिने भएकाले त्यसका लागि शीत भण्डार र बाहिरी जिल्लामा ढुवानीको ब्यबस्था गर्न कानुन बनाएर अघि बढ्ने बताएका छन् । लमहीमा सामूहिकरुपमा पनि तरकारी खेती हुँदै आएको छ ।

त्यहाँका नागरिक तरकारी खेतीमै निर्भर हुने गरेका छन् । सिचाइको सहज सुबिधा भएकाले पनि त्यहाँ राम्रो तरकारी उत्पादन हुने गर्छ । सम्बन्धित निकायले समयमै कृषक हरुको पिर–मर्का बुझ्न सके कृषि क्षेत्रबाट कृषकहरु आर्थिक रुपमा बलियो हुने उनीहरुको विश्वास छ ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६