प्रदेश

तिलोत्तमालाई केन्द्रमा राखेर महानगर निर्माण गरिने छ : अर्थमन्त्री पौडेल



बुटवल २० फागुन ।  रुपन्देहीको तिलोत्तमालाई केन्द्रमा राखेर महानगर निर्माण गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ । उहाँले जिल्लाका बुटवल उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिका, देवदह लगायतका क्षेत्रलाई समेटेर प्रशासनिक कार्यालय तिलोत्तमा रहने गरी महानगर निर्माण गरिने बताउनुभयो ।तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ कुञ्जलापुरमा निर्मित प्रशासनिक भवनको समुद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सोही भवन तथा ठाउँलाई प्रशासनिक केन्द्र बनाएर महानगर बनाउने बताउनुभएको हो । हाल निर्माण भएको भवनमा कार्यालय सञ्चालनका लागि ठाउँ अभाव भएमा अर्को नयाँ भवन निर्माण गरेर भएपनि महानगरको केन्द्र तिलोत्तमालाई बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

रुपन्देहीले भौतिक पूर्वाधर तथा विकास निर्माणको क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब रुपन्देही आउनुपर्ने वातावरण निर्माण गरिने जनाउनुभयो । रुपन्देही विकासको रोल मेडल भएको दाबी गर्दै उहाँले जिल्लालाई विकासका हरेक क्षेत्रमा कुनै पनि हिसाबले पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।करिब ९ बिघा क्षेत्रफल भित्र बनेको नगरको प्रशासनिक भवन अपाङ्गमैत्री भएको नगरले जनाएको छ । भवनमा ६ जना सवार गर्ने लिफ्ट, चिसो–तातो पानी, नगर प्रहरी आवास लगाएतका सेवाहरु रहेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल –भैरहवा सडकखण्डबाट १२ सय मिटर पश्चिम रहेको नगरको प्रशासन भवनमा आवत–जावतका लागि ३४ फुटको सडक विस्तार तथा गेट निर्माण कार्य जारी रहेको छ ।

समारोहमा जग्गा संरक्षण गर्ने स्थानीय तथा नगर भवन अगाडि रहेको बुद्धमूर्ति निर्माण गर्ने मूर्तिकारलाई पनि सम्मान गरिएको थियो । नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा भएको भवन समुद्घाटन समारोहमा नगरउपप्रमुख जागेश्वरीदेवी चौधरी, बुटवल उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्य, लुम्बिनी प्रदेशकी सभासद् रमा अर्याल, भोजप्रसाद श्रेष्ठ, वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरी, प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा लगाएतले बोल्दै नगरपालिका काम र प्रगतिको प्रशंसा गरेका थिए ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६