लुम्बिनी

पार्टी एकता भत्काउन पाइदैन: सहीद तथा घाइते परिवार



देउखुरी २१  फागुन । सहिद परिवारले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उच्च नेतृत्वलाई पार्टी एकता जोगाइ राख्न आग्रह गरेका छन् । जनयुद्ध र विभिन्न राजनीतिक परिवर्तनमा सहिद भएका परिवारले  पार्टी एकताबाट मात्रै सहिदको सपना पुरा गर्न सकिने भन्दै पार्टी एकता विरुद्धको गतिबिधिमा नलाग्न नेतृत्वलाई आग्रह गरेका हुन । 

जनयुद्धको समयमा आफ्ना छोरा विशाल र प्रकाश गुमाउनु भएका लमही ३ टिकलीगढका नारायण पण्डितले विभाजनले सहिदको सपना पुरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो,हाम्रो परिवारबाट मात्रै दुइ सन्तान सहिद भएका छन्, देशभरका हजारौ सहिदले देखेको सपना पूरा गर्नपनि पार्टीको उच्च नेतृत्वमा विभाजन आउनु हुदैन । यस्तै लमही नगरपालिका वडा नम्बर १ सुन्डवरीका सहिद पुष्प घिमिरेकी जिवन संगिनी निर्मला घिमिरेले आफ्नो श्रीमान् पार्टीको योजना अनुसार फिल्डमा खटिरहेको समयमा गोली हानी हत्या गरेको स्मरण गर्दै सहिदको सपना पूरा गर्न पार्टी बलियो बन्नको लागि एकढिक्का हुन आवश्यक रहेको बताउनुभयो । 

दलका उच्च नेतृत्वको आपसी स्वार्थका कारण पछिल्लो समय कम्युनिष्ट आन्दोलन धराप पर्ने चिन्तामा घाइते एवं अपाङहरु पनि देखिन्छ । जनयुद्धको समयमा घाइते भएकाहरुले जनयुद्धको उपलब्धि रक्षा गर्नको लागि पनि कम्युनिष्ट पार्टीमा बिग्रह हुन नहुने तर्क घाइतेहरुले गरे । जनयुद्धका घाइते लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरका रविध्वज थापाले अहिलेको परिवर्तन ल्याउन आफुहरु जस्ता घाइतेको ठूलो भूमिका रहेको भन्दै घाइतेहरुको सम्मानको लागि पनि कम्युनिष्ट पार्टीमा एकता आवश्यक रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुह दाङको लमहीमा आयोजना गरेको जनयुद्ध,सुखानी हत्या काण्ड वीर सहिद तथा बेपक्ता परिवारलाई सम्मान कार्यक्रममा आयोजित कार्यक्रममा यस्तो आग्रह गरेका हुन । 

कार्यक्रममा प्रचण्ड नेपाल समुहका केन्द्रिय सदस्य मेटमणी चौधरी कम्युनिष्ट पार्टीलाई यहाँ सम्म ल्याउदा देशभर हजारौ सहिद भएको भन्दै सहीदको सपना पूरा गर्न आवश्यउक रहेको बताउनुभयो । उहाँले भन्न्ुभयो, परिस्थितीले जो जहाँ भएप्नि कम्युनिष्ट आन्दोलन र पार्टी जोगाइ राख्नुपर्छ,सबै कम्युनिष्ट शक्तीहरुमा एकता आवश्यक छ,उहाँले भन्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली समुहले पनि दाङको लमहीमा सहिद स्मृति दिवश मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य रेवतीरमण शर्माले सहिदको सपना पूरा गर्नकोलागि आफु र पार्टी एक भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश साँसद समेत रहनु भएका घिमिरेले नेपाल जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरेर दुइतिहाइ सम्मको जनादेश दिएको स्मरण गर्दै जनताको विश्वास भत्काउन नहुने तर्क गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमही नगरका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव भानु जोसीले गर्नुभएको थियो । सो अबसरमा उक्त समुहले थप गरेका नगर सदस्यलाई केन्द्रिय सदस्य रेवतिरमण शर्माले गराउनु भएको थियो । उता दाहाल नेपाल समूहले आयोजना गरेको कार्यक्रमको अध्यक्ष दाहाल नेपाल समुहका नगर अध्यक्ष शोभा घिमिरेले अध्यक्षता गर्नुभएको थियो ।

प्रमुख अतिथि केन्द्रिय सदस्य तथा संघीय साँसद मेटमणी चौधरी,बिशीष्ट अतिथि प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागर,अतिथीहरु जिल्ला सदस्य विरवहादुर केसी,पवन रिजाल,सिता चौधरी यूवा नेता भूमाण्डव केसी,दामोदर आचार्य,शोभाकर आचार्य लगायतले शम्बोधन गर्नुभएको थियो । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) लमही नगर कमिटीबाट सम्मानित सहिद परिवार,घाइते तथा अपाङ ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६