प्रदेश

एकैसाथ सरुवा रोग अस्पताल र आरोग्य सेवा केन्द्रको उद्घाटन



चन्द्रौटा २१ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकामा चन्द्रौटामा रहेका दुई उपचार केन्द्रको उदघाटन भएको छ । कोरोना महामारीको समयमा कोरोना अस्पतालको रुपमा निर्माण गरिएको आइसुुलेसन सेन्टरलाई आधारभुत स्वास्थ्य सेवा अस्पाताल परिणत गरि उद्घाटन गरिएको छ । त्यस्तै सोहि अस्पतालसँग सटेको नागरिक आरोग्य सेवा केन्द्रको  पनि उद्घाटन भएको छ ।

उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुत पर्याउनका लागि अस्पातल निर्माण गरिएको बताउनु भयो । यहाँको नागरिक सदैव स्वास्थ्य सेवाबाट बन्चित हुदै आएकोले लुम्बिनी प्रदेश सरकारको सहयोगले अस्पाताल निर्माण गरी स्वास्थ्य सेवा प्रवाह गरिने प्रदेश सभा सदस्य केसीले बताउनु भयो । अवको केहि समयमा प्रदेशस्तरी सरुवा रोग निर्माण हुने भएकोले अब यहाँका नागरिकहरुलाई सहज हुने बताउनुुभयो ।

कोभिड १९ कोरोना आइसोलेशन अस्पातालको रुपमा निर्माण गरिएको उक्त भवनलाई आधारभुत स्वास्थ्य सेवाको रुपमा विकास गरीएको शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । दुवै अस्पाताल एकै स्थानमा भएकोले नागरिकहरुलाई सेवा प्वाह गर्न दक्ष डाक्टरको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताउनु भयो ।  

नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुविधा विस्तार गर्दै लैजाने नगर प्रमुख अधिकारीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।  शिवराज नगरपालिका चन्द्रौटामा रहेको नल्कुपको क्षेत्रमा ७६ लाख भन्दा बढीको लागतमा अस्पातालको निर्माण गरिएकाहो ।  आधारभुत स्वास्थ्य सेवा अस्पाताल र नागरिक आरोग्य सेवा केन्दमा आकास्मित सेवा २४ सै घण्टा सञ्चालनको तयारी रहेको शिवराज नगरपालिकाले जनाएको छ । उक्त अस्पातालमा  १ जना मेडिकल अफिसर, ३ जना स्टाप नर्स, १ जना परामिडिक्स र १ जना ल्याब टेक्नीसियनले सेवा दिनेछन । त्यस्तै  नागरिक आरोग्य केन्द्रमा १ जना मेडिकल अफिसर रहेका छन । 

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६