प्रदेश

प्रादेशीक अस्पताल कै चमेनागृह फोहर र अव्यवस्थित



बुटवल, २२ फागुन । अस्पताल परिसरभित्रका संरचना प्रायः सवै सफा हुन्छ भन्ने बुझिन्छ तर लुम्विनी प्रादेशिक अस्पतालभित्रको चमेनागृह फोहर र अव्यवस्थित पाईएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले ठेक्का दिएर सञ्चालन भएको चमेना गृह नै मापदण्डभन्दा फोहर र अव्यवस्थित पाईएपछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जरिवाना गरेको छ । 

कार्यालयले विहिबार गरेको अनुगमनमा चमेना गृहको भान्सा फोहर र अव्यवस्थित भएकोे तथा विल विजकहरु सही र दुरुस्त नभएको भन्दै जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ । त्यसैगरी वाणिज्य कार्यालय भैरहवाको टोलीले बुटवलको औद्योगिक क्षेत्रमा रहेको चमेना गृहलाई पनि जरिवाना गरेको छ । 

वाणिज्य कार्यालयका निमित्त प्रमुख टेकराज भट्टराईले ती दुवै स्थानका चमेना गृह फोहर देखिएपछि कारवाही गरेको बताउनु भयो । कार्यालयका अनुसार औद्योगिक क्षेत्रको चेमना गृहलाई २० हजार र प्रादेशिक अस्पतालको चमेना गृहलाई १० हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा औद्योगिक क्षेत्रको चमेना गृहबाट म्याद सकिएका करिव १५ हजार बराबरका पेय पदार्थ समेत नष्ट गरिएको छ । 

त्यसैगरी चमेना गृह संचालनको लागि बुटवल औद्योगिक क्षेत्र कार्यालयसंग गरिएको सम्झौताको म्याद सकिएकोले तत्काल सम्झौता अवधी थप गर्न पनि चमेना गृह सञ्चालकलाई कार्यालयले निर्देशन दिएको छ । त्यस्तै प्रादेशिक अस्पतालमा लेवल नलगाएका बेकरीहरु बरामद गरि नष्ट गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयका निमित्त प्रमुख भट्टराईको नेतृत्वमा गरिएको अनुगमन टोलीमा कार्यालयका नायबसुब्बा नारायण पन्थी, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत झविलाल भट्टराई, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका निरिक्षक शेखर आचार्य र ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहभागी रहेका थिए । त्यसैगरी सात दिनभित्र चमेना गृहको आवश्यक सरसफाई गर्न र भान्सालाई व्यवस्थित गर्न निर्देशन समेत कार्यालयले दिएको छ । 

प्रकाशित : २२ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६