अन्तर्राष्ट्रिय

हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो



काठमाण्डौ २६ फागुन ।  सैन्य कू को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ ।यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिबार ज्यान गएको थियो । सुरक्षाकर्मीले  चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर,  सेनाले भने भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका नेता झा  म्याटलिनको ज्यान गएको प्रतिक्रिया दिएको छ ।म्याटलिनको परिवारले भने पेटमा कसरी चोट लाग्यो भनेर प्रश्न गरेका छन् । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ६० जनाभन्दा धेरै व्यक्तिको ज्यान गैसकेको छ भने २ हजारभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । त्यहाँको सेनाले फेरि चुनाव गर्ने भन्दै एक वर्षको सङ्कटकाल लगाएर सैनिक शासन लागू गरेको छ । त्यसको विरोधमा हरेक दिन हिंसात्मक प्रदर्शन भैरहेको हो ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६