ब्रेकिंग न्युज

२६ वर्षीय दिनेश लोधको हत्या आरोपमा एक जना पक्राउ



रुपन्देही २८ फागुन । रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत मंसिर १७ गते विहान साढे ७ बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडकखण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो । उनको हत्या आरोपमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट प्रहरीले फागुन २५ गते रामवरण यादवलाई पक्राउ गरेको छ ।आफ्नी श्रीमतीसँग यौन सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको खुलेको प्रहरीको दावी छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

लोधको टाउकोमा गम्भीर चोट लागेको, नाक र मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाएको थियो । घटनास्थलबाट उठाइएको सवुद प्रमाण, प्राविधिक पक्षको विश्लेषणलगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको प्रहरीको दाबी छ । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए ।

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६