अर्थ-वाणिज्य

कपिलवस्तुका लागि नविन उपलब्धी :अकोरावमा प्रदेश नेतृत्वको जिम्मेवारी



कपिलवस्तु २८ फागुन ।यसपाली  कपिलवस्तुका लागि नविन  उपलब्धी भएको सामुदायिक रेडियोले महशुस गरेका छन् ।  अकोरावमा प्रदेशको नेतृत्वको जिम्मेवारी समानता रेडियोका वर्तमान अध्यक्ष एवम पूर्व मेनेजर राजु खरालले पाएपछि यस्तो महशुस भएको हो ।   सामुदायिक रेडियो प्रशारक संघ अकोरावको लुम्बिनी प्रदेश अध्यक्षमा राजु खराल सर्वसम्मत चयन भएपछि कपिलवस्तुले प्रदेशको नेत नेतृत्वमात्र होइन देशकै नेतृत्व गर्न सक्छ भन्ने पुष्टि भएको सामुदायिक रेडियो बुद्ध आवाजका ब्यवस्थापक भेषराज पाण्डेले वताउनु भयो ।

    फागनु२५ गते देखि काठमान्डौमा सुरु भएको अधिवशेनले  खराललाई प्रदेश अध्यक्षमा चयन गरे् संगै जिल्लाका रेडियोहरु उत्साहीत भएका हुन ।  कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा निवासी खराल लामो समयदेखि कपिलवस्तुमा रहेर पत्रकारीता गर्दै आउनु भएकोछ । लामो समयदेखि सामुदायिक रेडियोका कार्यरत रहेका खराल यस भन्दा अघि प्रदेश उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । 

    सामुदायिक रेडियोमा राम्रो दख्खल भएका खरालले प्रदेशका रेडियोहरुलाई व्यवस्थित बनाई नागरिकहरुको आवाज बोल्ने माध्यमको रुपमा सामुदायिक रेडियोलाई लैजाने प्रतिकृया दिनु भयो  । धरै सामुदायिक रेडियोहरुमा आर्थिक समस्या,कर्मचारीको अभाव ,स्थानिय सरकार सँगको सहकार्यको कमी लगाएत अनेकै समस्याहरु रहेकोले अब ति समस्यालाई सहज बनाउने प्रतिबद्धता जनाउनु भयो । रेडियो समानतामा झण्डै ७ वर्ष स्टेसन म्यानेजर र विगत ३ वर्ष देखि अध्यक्षको रुपमा रहेका खरालले सामुदायिक रेडियोहरुलाईहरुलाई स्थापित गरी जनताको आवाजको रुपमा मुखारीत हुनुपर्ने बताउनु भयो ।

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६