जीवनशैली

जनता भन्छन् नदी किनारको डम्पीङ साइट हटाऊ,नगर भन्छ जग्गा खोज्न सघाऊ



कपिलवस्तु २९ फागुन ।कपिलवस्तुको बाणगंगामा जनताको माग वाण्गंगा नदी किनारमा बनेको स्वघोषित डम्पीङ साइट तत्काल हटाउनु पर्ने रहेको छ । सार्वजनिक सुनुवाइमा स्थानीयले यहि विषय जोडतोडले उठाएका छन् । यता नगरपालिकाका जनप्रतिनिधी भने स्थानीय जजताले जग्गा खोज्नमा सघाउनु पर्ने वताउदै आएको छ । नगरले जहाजहा डम्पीङ साइट राख्न खोज्छ त्यहाको विरोध तत्काल शुरु हुने भएपछि कुनैपनि ठाउमा फाइनल हुन नसकेको वताउदै आएकोछ । यसरी काममा स्थानीय तह र जनप्रतिनिधी बीच तालमेल अभाव देखिएको छ ।   

 गत वर्ष देशकै उत्कृष्ठ नगरपालिका घोषणा भएको स्थानीय तहले राजमार्ग किनार वाणगंगा नदीमा डम्पिङ साईट संचालन गरेकोमा  विरोध गरेका थिए । शुक्रवार बाणगंगा नगरपालिका ८ बोडगाउँमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयले डम्पिङ साईट सार्न अनुरोध गरेका थिए । कार्यक्रममाा बोल्दै उद्योग बाणिज्य संघ कपिलवस्तुका महासचिव मनोज पौडेलले प्राचिन भागिरथी नदी जस्तो पवित्र स्थलमा फोहर फाल्दा नगरपालिका कै गरिमा घटेको बताउनु भयो । 

नगरपालिकामा उद्योग ग्राम निर्माण गर्न, राजस्व कम गर्न , शिक्षा स्वास्थ्य र खेलकुदका योजनामा प्राथमिकता दिनु पर्नेमा स्थानीयले जोड दिएका थिए । यस्तै महिला स्वारोजगारका लागि बिभिन्न योजनाका साथमा कार्यक्रम ल्याउनपर्ने भन्दै लैगिंक हिसा न्यूनिकरणका लागि पनि समयमै सोचेर अघि बढ्न स्थाीयको सुझाब छ । 

यसैगरि नदि कटान भएका वडाहरुका लागि लगानी गनुपर्ने,बिकास निर्माणका कार्यमा सबै वर्गको सहभागिता गराउनुपर्ने ,भौगोलिक र जनसख्याका आधारमा बजेट बिनियोजन गनुपर्ने ,करको दर घटाउनुपर्ने लगाएका बिषयमा पनि सवाल उठाएका थिए । सेवाग्राहीको उत्तर दिँदै नगरप्रमुख मंगल प्रसाद थारुले सबैका सवालहरुमै केन्द्रित रहदै काम गरिएको र बिशेष योजना र कार्यक्रमका प्याकेजका साथमा अघि बढिरहेको बताउनुभएको छ । नदी कटान भएका वडाहरुको संरक्षणका लागि हरेक बर्ष नै लगानी गरिरहेको भन्दै नगरपालिकाका सेवा सुबिधालाई प्रभाबकारी ढंगबाट सञ्चालन गरिएको बताउनुभयो ।

 कार्यक्रममा बोल्दै नगरउपप्रमुख चक्रपाणी अर्यालले जनताबाट आएका गुनासाहरु सम्बोदन हुने बताउनु भयो ।  एक पालिका एक औद्योगिक ग्राम अवधारणका लागि वडा नं ९ भलवाडमा औद्योगिक ग्राम बनाउनका लागि स्विकृत भएको बताउनुभयो । यस्तै फोहोरमैलाका लागि डम्पिङ साईटका लागि हरेक बर्ष बजेट बिनियोजन गरेपनि जग्गाको ब्यवस्थापन नहुदा यस कार्यबाट चुकेको उहाको भनाईछ । 

कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तुको प्राविधिक सहयोग र नगरपालिकाको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम भट्राई , वडा नं ८ का वडा अध्यक्ष गुणनिधि भूषाल ,प्रशासन शाखा  केशबराज भट्राई ,योजना शाखा प्रमुख शान्तराज आचार्य ,लेखा शाखा प्रमुख रामचन्द्र मरासिनी ,कृषि ,स्वास्थ्य ,र पशु शाखा प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भूषालको अध्यक्षता ,उपाध्यक्ष पार्बती पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सहसचिब मोहन बेल्बासेले नागरिक प्रतिवेदन र हर्टबिट एफएमका स्टेशन म्यानेजर हरि घिमिरले बर्हिगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित : २९ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६