अर्थ-वाणिज्य

नेतृत्व सर्व सहमत,पत्रकारीता संहिताबद्ध : गिरी



कपिलवस्तु २९ फागुन । कपिलवस्तुका अग्रज पत्रकारहरुले यसपाली नेतृत्व छनौट गर्दा सर्वसहमत रुपमा हुनेगरी वातावरण मिलाउने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले शनिवार राखेको बनभोज तथा एकोरावमा निर्वाचित प्रदेश नेतृत्वको स्वागत कार्यक्रममा यस्तो प्रतिबद्धता जनाइएको हो ।  

    बुद्धभुमी नगरपालिकाको झडुलामाई मन्दिर परिसरमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेतृत्व सहमतिमा पेशागत कृयाकलाप आचारसंहितको अनुशरणमा हुनुपर्ने वताएका हुन् । पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले नागरिकहरुले पत्रकारहरुलाई विश्वासको स्रोत मान्ने गरेकोले त्यसलाइ कायम राख्नुपर्ने बताउनुभयो ।नागरिकहरुको आवाज बोल्नुपर्ने सुझाव दिदै कपिलवस्तुमा पत्रकारिताको विकासले फड्को मारेको बताउनुभयो । महासंघका भौतीक संरचना देखि अन्य कार्यपनि अग्रभागमा रहेकोले नजिकिदै गरेको निर्वाचनलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

    गिरीले कपिलवस्तु जिल्ला विगतमा छिमेकी जिल्लाको चपेटामा परेको भएपनि पछिल्लो समय भने विभिन्न स्थानहरुमा नेतृत्व पाएको बताउनुभयो ।हालै सम्पन्न भएको सामुदायिक रेडियो प्रशारक संघ अकोरावको प्रदेश अध्यक्ष,कोषाध्यक्ष र सदस्य सहित कपिलवस्तुले पाउनु यस जिल्लाको लागि खुसिको कुरा रहेको जनाउनुभयो ।पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्माले पत्रकारीतालाई व्यावस्थित गराई पत्रकारहरुको हक हितको लागि एकतावद्ध हुनुपर्ने बताउनुभयो । महांसघका सदस्यहरुलाई समेटेर बनभोज कार्यक्रम गरेकोमा कार्यसमिति परिवारलाई धन्यवाद दिनुभयो ।

    कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खरालले नेपाली पत्रकारीतामा सामुदायिक रेडियोहरुको भुमिका अतुलनिय रहेको बताउनुभयो । महांसघमा आबद्ध धेरै पत्रकारहरु सामुदायिक रेडियोमा कार्यरत रहेकोले पत्रकार महासंघ र अकोराव बिच सहकार्य हुन जरुरी रहेको बताउनुभयो ।पत्रकार महासंघका पुर्व अध्यक्ष भेषराज पाण्डेले बोल्दै कपिलवस्तु जुटेमा प्रदेशको मूल नेतृत्व नै कब्जामा ल्याउन सकिन्छ भन्ने प्रमाणित भएको दावि गर्नु भयो । सो कार्यक्रममा  प्रदेश सदस्य नन्दराम पौडेल र पत्रकार जानु पाण्डेले शुभकामना मन्तव्य दिएका थिए ।

    त्यस्तै पत्रकार महासंघ कपिलवस्तुले सामुदायिक रेडियो प्रशारक संघ अकोरावका प्रदेश अध्यक्ष राजु खराल,कोषाध्यक्ष माधव भाट र सदस्य शरद अधिकारीलाई सम्मान गरेको छ ।  बनभोजकै अवसरमा महासंघका पुर्व केन्द्रिय सदस्य निशा विक र सदस्य राजेश चौधरीको जोडीको  वैवाहिक वर्षगाठको अवसरमा सम्मान सहित शुभकामना प्रदान गरिएको छ ।कार्यक्रममा महासंघका अध्यक्ष डिलाराम भुसालले पत्रकारहरुलाई एकताबद्ध बनाउन बनभोज कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

    आफुले पत्रकारहरुको हक हितको लागि आवाज उठाउँदै आएको बताउँदै अब केहि दिनमै अधिवेशन हुने भएकोले सक्षम टिमलाई सहमतिका आधारमा नेतृत्व दिनुपर्ने बताउनुभयो ।महासंघका उपाध्यक्ष पार्वती पाण्डेको स्वागत,सहसचिव मोहन बेल्वासेको सहजीकरणमा भएको कार्यक्रममा १०० बढी पत्रकार सहभागि थिए । कपिलवस्तुमा १५० बढी पत्रकार महासंघका साधारण सदस्य रहेका छन् । 

प्रकाशित : २९ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६