अर्थ-वाणिज्य

नेपालकै ठूलो यातायात सस्था पश्चिम नेपालमा मिलिजुली नेतृत्व



रुपन्देही १ चैत । लुम्विनी प्रदेशमा रहेको नेपालकै  सर्वाधिक ठूलो यातायात सम्वद्ध सस्था पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वको समुहले बहुसंख्यक सिट जितेको छ ।दुई समुह बनेर उम्मेदवारी दिएको निर्वाचनमा खरेल नेतृत्वको प्यानलबाट खरेल (१३३८) सहित जिवन कुमार बन्जाडे(१५३०) रामचन्द्र भुसाल(१३८६)मोहन पिएस(१४८४) चेतनारायण बेल्वासे(१३५७) नारायण प्रसाद घिमिरे(११४६) गोपाल पौडेल(१२९०)र कृष्णप्रसाद सापकोटा सागर (११४९) बिजयी भएका छन् त्यसैगरी पदमराज गाहाको प्यानलबाट गाहा(१३८९) सहित कृष्ण प्रसाद पाण्डे(१११७)र सुरेन्द्र श्रेष्ठ(१४२२)ले जित हासिल गरेका छन् ।

खरेलको प्यानलबाट ऋषिराम डुम्रे,कुश्माखर रेग्मी र जितेन्द्र श्रेष्ठ पराजित भए भने गाहाको प्यानलबाट कृष्णप्रसाद बेलवासे रमेशकुमार अधिकारी, प्रेम गौचन,लाल बहादुर गुप्ता एलजी, सोभाखर भण्डारी, प्रेम गौचन रुक्मांगद पाण्डे र दिपेन्द्र श्रेष्ठ पराजित भए ।२०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस ब्यवसायी संघ सरकारले नबिकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएपछि ११ जना सन्चालक निर्वाचित हुने र निर्वाचित ११ जना मध्येबाट अध्यक्ष चुनिने ब्यवस्था छ ।

प्रालिको यहि २८ र २९ गते नया नेतृत्वको लागि निर्वाचनको तयारी भई रहेको कम्पनीको प्रवन्धपत्रमा साधारणसभा तथा अधिवेशनले ११ जना सञ्चालक छनौट गर्ने र ११ जना मध्ये बाट एक जना अध्यक्ष हुने ब्यवस्था छ ।नेपालकै सबैभन्दा ठुलो यातायात ब्यवसायी संस्थाको रुपमा रहेको यस प्रालिमा करिव २ हजार ६ सय बस सञ्चालनमा छन भने २ हजार ३ सय ९६ जना मतदाता रहेकोमा २ हजार ८६ जनाले मतदान गरेका थिए।

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६