प्रदेश

आज देशका धेरै ठाउँको मौसम सफा रहने



काठमाण्डौ १ चैत्र । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।आज दिनभरि नै देशका धेरै ठाउँमा घाम लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।उहाँकाअनुसार पश्चिमी वायुको प्रभाव खासै नरहेकाले आज दिनभरिकै मौसम सफा रहने छ । तर, प्रि(मनसुनको समय भएकाले बेलुकी पख भने केही  पहाडी जिल्लाको मौसम बद्ली भएर चट्याङसहित हल्का पानी पर्ने उहाँले बताउनुभयो ।विशेषगरी धादिङ, गोरखा, ओखलढुङ्गालगायत केही पहाडी क्षेत्रमा चट्याङसहित हल्का पानी पर्ने उहाँले बताउनुभयो । हिजो स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित  केही ठाउँमा पानी परेको थियो ।

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६