प्रदेश

माओवादीले स्थापना गरयो पार्टी कार्यलय



दाङ २ चैत । दाङमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्र साविककै अवस्थामा पुनस्र्थापित भएपछि माओवादी केन्द्रले छुट्टै पार्टी कार्यालय स्थापना गरेको हो ।यसअघि साविक एमालेको पार्टी कार्यालय नै नेकपाको पार्टी कार्यालय भएपछि माओवादी पार्टी कार्यालय हटाइएको थियो । अहिले घोराहीको काठेकोलनजिक पार्टी कार्यालय स्थापना गरिएको छ ।

डिभिजन वन कार्यालय, घोराही उपमहानगरपालिका, जिल्ला समन्वय समिति र कृषि विकास बैंक क्षेत्रीय कार्यालयको बीच भागमा पर्ने एक नयाँ घरमा पार्टी कार्यालय स्थापना गरिएको छ ।सबै स्थानीय तहमा पार्टी कार्यालय स्थापना गरिने नेकपा माओवादी केन्द्र दाङले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६