अर्थ-वाणिज्य

बिवेकशिल साझाको संयोजकमा पाण्डे ,जिल्ला नेतृत्व चयन



सन्धिखर्क २ चैत । सदरमुकाम सन्धिखर्कमा विवेकशील साझा पार्टीको जिल्ला समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ ।पार्टीका केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रको उपस्थितीमा साझा पार्टी अर्घाखाँचीको संयोजक पशुपति पाण्डेलाई चयन गर्दै जिल्ला समिति घोषणा भेला सम्पन्न भएको हो ।विवेकशील साझा पार्टीको अर्घाखाँची जिल्ला समिती घोषणा पछिको पत्रकार भेटघाट कार्यक्रममा विवेकशील साझा पार्टीका सयोंजक रबिन्द्र मिश्रले कोहि नभएकाहरुको लागि राज्य छ भन्ने प्रत्याभूति दिलाउन सक्नु पर्ने बताएका छन् ।

तर बर्तमान राजनितिक संस्कारमा त्यस्तो हुन नसकेको भन्दै उनले  देशमा राजनितिक बिकल्प खोज्नुपर्ने बताए ।  उनले देशमा सत्तरी बर्षदेखि राज गरिरहेका पार्टीहरुले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाए ।बर्तमान ठुला पार्टीहरुले देश र जनतालाई सधै राजनितिक आन्दोलनमा मात्र धकेलेकोभन्दै उनले अब देशमा बिकास र समृद्धिको आबस्यकता रहेको तर त्यो आबस्यकता यी दलहरु बाट संभब नहुने बताए ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६