अन्तर्राष्ट्रिय

अमेरिकाले प्रस्ताव गरेको अन्तरिम सरकारको योजनामा आशंका व्यक्त



काठमाडौं २ चैत  । अफगानिस्तानमा लामो समयदेखि युद्धरत चरमपन्थी संगठन तालिबानले अमेरिकाले प्रस्ताव गरेको अन्तरिम सरकारको योजनामा आशंका व्यक्त गरेको छ । तालिबानका प्रवक्ता मुहम्मद नाइमले अन्तरिम सरकार बनाउँदा उक्त सरकार प्रभावहीन हुने र आफूहरुको एजेन्डाले सार्थकता नपाउने सम्भावना रहेको बताएका छन् ।

मार्चको सुरुमा अमेरिकाले अफगानिस्तानमा युद्धविरामका लागि अहिलेको सरकारलाई हटाउँदै अन्तरिम सरकार गठन गर्ने प्रस्ताव गरेको थियो । अमेरिकाले अफगानिस्तानमा नयाँ संविधान बन्नुभन्दा पहिला अन्तरिम सरकारले काम गर्ने प्रस्ताव गरेको थियो । तर, तालिबानले भने अन्तरिम संविधानले अफगानिस्तानको चुनौती समाधान गर्न नसक्ने बताएको हो ।

तालिबानका प्रवक्ता नाइमले अफगानिस्तानले पछिल्लो ४० वर्षको इतिहास हेर्दा कुनै पनि संक्रमणकालीन अवस्थामा रहेको सरकारले मुलुकको समस्या समाधान गर्न नसकेको बताएका छन् । उनले गत वर्ष अमेरिकासँग भएको सम्झौताअनुसार अफगानिस्तानबाट विदेशी सैनिकहरु फिर्ता हुनुपर्नेमा जोड दिए ।आगामी मे १ बाट सबै विदेशी सैनिक फिर्ता हुने गरी गत वर्ष अमेरिकासँग तालिबानको सम्झौता भएको थियो ।

विदेशी सैनिक फिर्ता हुने मिति नजिकिँदै गर्दा अफगानिस्तानमा हिंसात्मक आक्रमण पनि उल्लेख्यरुपमा बढेको छ । अफगानिस्तानका गृहमन्त्रीले आइतबार अमेरिकी सेना फिर्ता गए पनि अफगानिस्तानको सेनाले आफ्नो नियन्त्रण कायम राख्न सक्ने बताएका थिए । उनले पछिल्लो समय तालिबानबाट हुने आक्रमण बढेको भए पनि अफगानी सेनाले त्यसको सामना गरिरहेको बताएका थिए ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६