अर्थ-वाणिज्य

दलित महिलाको उद्यमी बन्ने क्रम बढेको निष्कर्ष



कपिलवस्तु ३ चैत।दलित महिलाहरु लघु तथा घरेलु उद्यमी बन्ने क्रम बढेको निष्कर्ष निकालिएको छ । महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक तथा सामाजिक रुपमा नै परिवर्तन हुने भन्दै दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा संचालित हाम्रो पहुच परियोजना अन्र्तगत यस्तो देखिएको हो ।

परियोजना अन्र्तगत संचालित यशोधरा गाउँपालिका ६ का विभिन्न स्थानमा महिलाहरुको समुहले आयआर्जन मुलकका के कस्ता कामहरु गरिरहेका छन् भनेर दलित सामाजिक बिकास केन्द्र, गाउँपालिकाका जनप्रतिनिधि, लगायत पत्रकारहरुले अनुगमन गरेका हुन् ।  उद्यमीले निर्धक्क भएर आफ्ना उद्यम र व्यवसायलाई अगाडी बढाउन सक्छन् उहाँले लक्षित बर्गको बजेटमा महिलालाई आर्यआर्जन, सिपबिकास, क्षमता बिकासका बिभिन्न कार्यक्रमहरु समाबेश गरेको छ ।

यशोधरा गाउँपालिका ६ वडाध्यक्ष श्याम नारायण उपाध्यायले महिलाहरुलाई ब्यबसायिक बनाउन परियोजनाले सिपबिकासका बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ, थोरै लगानीमा पनि ब्यबसाय सञ्चालन गर्न सकिने किसिमका तालिमहरु बाट महिला आत्मनिर्भर हुने र महिलाले पनि राम्रो आम्दानी गर्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको थियो । महिला सशक्तिकरण, आर्थिक ,सामाजिक र राजनैनिक रुपमा पहुच बढाउन लक्ष्य लिएको परियोजनाले अनुगमन टोलीको सल्लाह सुझाव बाट अगामी दिनमा थप कार्यक्रम ल्याउने परियोजनाकी अधिकृत बिन्दवासिनी हरिजनले बताउनु भएको थियो ।

कार्यक्रममा सहभागी महिलाहरुले व्यवसाय प्रर्वद्धन गर्न आफुहरु बिभिन्न किसिमका तालिम पाए मात्र फलदायी हुने बताएका थिए । यशोधरा गाउँपालिका की उपाध्यक्ष कन्यावती उपाध्याय , यशोधरा ७ का वडाध्यक्ष चन्द्र प्रकाश दुबे लगायतले  व्यवसायमा उत्प्रेरणा र व्यवसाय महसुस गराउने र स्थितीमा सुधार ल्याउने झल्को पार्ने गरि र महिलाहरुलाई आयआर्जन मुलक कामहरुमा लाग्न प्रेरित गर्न र महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक,सामाजिक रुपमा नै परिवर्तन हुने बताउनु भयो ।

प्रकाशित : ३ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६