अन्तर्राष्ट्रिय

नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५८ जनाको ज्यान गयो



काठमाण्डौ ५ चैत्र । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५८ जनाको ज्यान गएको छ । मालीसँगको सीमा क्षेत्रमा हिजो मंगलबार भएको आक्रमणमा ५८ जना मारिएका नाइजर सरकारले जनाएको हो ।बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ ।नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेको बीबीसीले उल्लेख गरेको छ ।

 

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६