प्रदेश

वाइ सि एल कपिलवस्तुको संयोजकमा बन्जाडे



कपिलवस्तु ६ चैत । वाई सी एल नेपालको चौथो पूर्ण बैठकबाट विभिन्न तहको नेतृत्व छनौट गरिएको छ । जसमा कपिलवस्तु जिल्ला संयोजकको  जिम्मेवारी  शिव बञ्जाडेले पाउनु भएको छ । उहा प्रचण्ड माधव समुहको यूवासंघको जिल्ला संयोजक हुनुहुन्थ्यो । एमाले र माओवादी अलग भएपछि बन्जाडे वाइसिएलको जिल्ला संयोजकको जिम्मेवारी पाउनु भएको हो ।

 यता  माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल०)फेरि व्यूँतिएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वाईसिएल ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय भएको छ । सर्वोच्च अदालतले माउ पार्टी व्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।

 संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटी देखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए । बैठकले राष्ट्रिय भेला अगावै अर्थात् करिब दुई महिनामा  दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६