अर्थ-वाणिज्य

पानी बचाउन र बानी बसाल्न आग्रह



कपिलवस्तु ९ चैत । पानी र  सिमसार जिवनको आधार भन्ने मुल नाराका साथ विश्व पानी दिवस कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाईएको छ। पानीको महत्व तथा यसको आवश्यक्ता एवम् संरक्षण गर्न सबैलाई जागरुक गराउने उद्देश्यले कपिलवस्तुको वाणंगंगा नगरपालिका वडा नं १ स्थीत उद्योग वाणिज्य सघंको हलमा विश्व पानी दिवश मनाईएको हो । दिवस समारोह पूर्व नारा सहितको र्यालि  चार नं चोक हुदै उद्योग वाण्ज्यि सघंको हल सम्म पुगेको थियो। र्यालीमा बिभिन्न प्रकारका प्लेकार्ड र व्यानर प्रदर्शन गरिएको थियो।


कार्यक्रममा कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले पृथ्वीको झन्डै तिन चौथाई हिस्सा पानीले भरिएको छ तर यस मध्य तिन प्रतिशत मात्रै पानी पिउन योग्य रहेको बताउनु भयोे। उहाँले विश्वकै जलसा्रेतमा दोस्रो  धनि देश भनिएता पनि नेपालमा पिउने  पानीको अभाव रहेको धारणा राख्नुभयो । बढ्दो सहरीकरण, बढ्दो जनसंख्या , बढ्रदो औद्योगीकरण र जलवायु परिवर्तनका कारण खोला, नाला,नदिहरुमा प्रदुषण फैलिएको बताउनु भयो। उहाले पानी र बानी दुबै ख्याल गर्नु पर्ने र स्वास्थ्य जिवनयापनका लागि अनिवार्य फिल्टर गरेर पानि  पिउनु पर्नेमा सचेत गराउनु भयो।


 वाणगंगा नगर उपप्रमुख चक्रपाणी  अर्यालले नगरभित्र खानेपानीको सहज पहुच स्थापित गर्ने काम आफूहरुको कार्यकालमै हुने स्पष्ट पार्नु भयो । वाणगंगा निमित्त कार्यकारी अधिकृत खिम बहादुर जिसीले पानीको अभावमा दैनिक जिवन बिकराल रहेको भन्दै सबै जिवित प्राणिहरुको उत्पति पानिमा भएकाले पानि बिना जिवन अधुरो रहने बताउनु भयो। उहाले जलप्रदुषणको समस्या दिनहु बढ्दै गएको जस्ले गर्दा शरिरमा अनेक प्रकारका रोगहरु पैदा हुने बताउनु भयो। जिसिले कार्यक्रममा स्वच्छ पानि संरक्षणका लागि वाणगंगा नगरपालिका भित्र रहने सबै बासिहरुलाई जागरुक हुनको निमित्त आवाह्न गर्नु भयो ।

जिल्ला खानेपानी सरसफाई महासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहले अनावश्यक रुपमा पानिको दुरुपयोग भईरहेको बताउनु भयो। उहाले बढ्रदो सहरीकरणका कारण मानिसहरु धेरै लापरबाही भएकोले उनिहरुले अव्यवस्थित तरिकाले पानिको दुरुपयोग गरीरहेको प्रष्टाउनु भयो। बिभिन्न किसीमका खेति गर्दा कुलो बाट पानि नलगाई पिउने पानि प्रयोग गरीरहेको र पानिको महत्व बेलैमा बुझन आग्रह गर्नु भयो ।

बुटवल खानेपानि डिभिजन कार्यलयका ईन्जिनीएर तिलक राम न्यौपानेले खानेपानीका पाईपहरु मानिसहरुका लापरबाहिका कारण यत्रतत्र काटिएकाले फोहार पस्ने र आमजनताले त्यहि प्रदुषित पानि प्रयोग गर्नाले अकालमै मानिसहरुको ज्यान गएको बताउनु भयो। उहाले अहिले हेर्ने हो भने बोट बिरुवा कटानका कारण सबै क्षेत्रहरुका खोला नाला सुक्दै  गएपनि बाणगंगा नगरपालिकाभित्र रहेका खोलाहरु खासै नसुकेको भएपनि यसलाई अझ व्यवस्थित गर्नु पर्नेमा जोड दिनुभयो।


 भौतिक मन्त्रालय वास बिज्ञ सुर्य थापा ,वाणगंगा नगरपालिका प्रशासकिय अधिकृत केशव भट्टराई नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाई ,पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेल गाएतले जिव जन्तु मनुष्यको लागि पानी नभई नहुने एक तरल पदार्थ भएको जानकारी दिनुभयो । कार्यक्रम जिल्ला  खानेपानि सरसफाई महासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षतामा जिल्ला खानेपानि महासंघ सरसफाई उपभोक्ता समितीका सदस्य राधिका देबि पन्थ पौडेलको स्वागत र रेखा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६