ब्रेकिंग न्युज

पिछडा बर्गका किसानले पाए सीप र कीट



कपिलवस्तु ९ चैत । कपिललवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्गदवामा पिछडा बर्गका किसानकालागि बेमौसमी तरकारी खेती खेती तालिम संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा  आशा जिवनको आयोजनामा तालिक गरिएको हो । सो अवसरमा ६० जना सहभागीलाई बिभिन्न ५ प्रकारका तरकारीको बीउ वडा नम्बर २ का अध्यक्ष रामभजन कलवारले हस्तान्तरण गरेका थिए । 

सो अवसरमा वडा अध्यक्ष कलवारले कृषि खेतीलाई बढावा दिनु पर्ने बताए । तरकारी खेतीलाई ब्यवसायिकरुपमा अघिबढाउनु पर्ने उनले बताए । कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनले बताए । तालिममा प्रशिक्षक चन्द्रमणि यादवले बेसौसमी तरकारी खेतीका बारे जानकारी गराएका थिए । तालिम पछि भिन्डी, बोडी लौका, करेला लगायतका तरकारीको मिनी किट उपलब्ध गराइएको थियो । तालिम आशा जिवनका अध्यक्ष अशोक लम्सालको अध्यक्षता र हरि अर्यालको संचालनमा भएको थियो । 

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६