अर्थ-वाणिज्य

बर्मा स्मृतिमा पत्रकारिता पुरस्कारको स्थापना,कसवाट कति राशी प्रदान ?



कपिलबस्तु १० चैत । मधेशी पत्रकार समाजद्वारा पत्रकार स्वर्गिय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरिएकोछ । जिल्लाको कपिलबस्तु नगरपालिका–१ तौलिहवा निवासी बर्माको स्मृतिमा मधेशी पत्रकार समाज जिल्ला शाखाले अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषको लागि मधेशि पत्रकार समाज कपिलवस्तुका अध्यक्ष रमेश मिश्रले ५० हजार एक सय रुपैयाँबाट घोषणा गरेका छन् । सोही क्रममा मधेश मनाव अधिकार गृहका अध्यक्ष रविन्द्र नाथ ठाकुरले १० हजार १ सय, नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारीले ५ हजार एक सय, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भेषराज पाण्डेले रेडियो बुद्ध आवाजबाट ५ हजार एक सय  सहयोग गरेका छन् ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमालले ५ हजार एक सय, रेडियो तिलौराकोटका अध्यक्ष अनिल तिवारीले ५ हजार एक सय र निल खबरकार शुरेश कुमार पाण्डेले ५ हजार एक सय सहयोग गरेका छन् ।यो अक्षयकोष स्थापना गर्न १० लाखको लक्ष्य लिएको समाजका अध्यक्ष मिश्रले बताए । सो रकमको प्राप्त व्याजबाट प्रत्येक बर्ष एक जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने उनले बताए ।

मधेशी पत्रकार समाजका केन्द्रिय वरिष्ट उपाध्यक्ष समेत रहेका बर्मा  विगत ३ दशक देखि पत्रकारिता पेशामा अबद्ध रहेका थिए । उहा नेपाल टेलिभिजनमा विगत २ दशक देखि कार्यरत रहेका थिए । उहाले मधेशी युवाहरुको हक अधिकारका संरक्षण तथा पत्रकारीतामा अकार्षित गराउन अग्राणी भुमिका निर्वाह गरिरहेका थिए । उहाको स्वर्गरोहण गत भाद्र २२ गते भएको हो ।मधेशी पत्रकार समाजले आयोजना गरेको पत्रकार भेला तथा सम्मान कार्यक्रममा अक्षयकोष स्थापना गरेको हो ।

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६