प्रदेश

प्रदेश सरकारको लगानीमा पहिलो बर्थिङ सेन्टर



पूर्वी रुकुम १० चैत ।लुम्बिनी प्रदेशको एम मात्र हिमाली जिल्ला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४ स्वास्थ्य चौकी राङ्सीमा बर्थिङ सेन्टर सेवा सञ्चालन गरिएको छ । वडा, गाउँपालिका र प्रदेश सरकारको लगानीमा स्वास्थ्य चौकी राङ्सीमा बर्थिङ सेन्टर सेवा सञ्चालन गरिएको हो । पुथाउत्तरगंगा–१४ को स्वास्थ्य चौकी राङ्सीमा गत आर्थीक वर्ष र अघिल्लो आर्थिक वर्षको गरी १२ लाखमा  बर्थिङ सेन्टर स्थापना गरी प्रसूति सेवा सञ्चालनमा ल्याइएको वडाध्यक्ष हर्कमान बुढा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य चौकी राङ्सीमा प्रसूति सेवा भवन निर्माण गरी बर्थिङ सेन्टरमा आवश्यक पर्ने औजार तथा उपकरणको व्यवस्था गरी प्रसूति सेवा सञ्चालन गरिएको हो ।स्वास्थ्य चौकी राङ्सीमै प्रसूति सेवा सञ्चालनमा आएपछि प्रसूति सेवा सुविधाको लागि टाढा जानु पर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानियले खुशी व्यक्त गरेका छन । वब देखि गर्भवती महिलाहरू सुत्केरी हुनका लागि गाउँबाटै सेवा पाउने भएका हुन् । 

पुथाउत्तरगंगामा ६ वटा स्वास्थ्य चौकी रहेकोमा अब पुथाउत्तरगंगा–५ स्थित हुकाम स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा आउन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले बताउनुभयो । हुकाममा पनि सबै व्यवस्थापन पूरा भइ सकेकोले अब केही समय पछि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने संयोजक गिरीले बताउनुभएको छ । प्रसूति सेवा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा पनि मापदण्डअनुसार सेवा सुविधा नभएकाले अधिकांश सुत्केरी व्यथाले च्यापेका गर्भवतीलाई सदरमुकाम तथा हेलिकप्टर मार्फत उद्धार गरेर अन्यत्र जिल्लामा पठाउनुपर्ने बाध्यता कायमै रहेको भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन ।। 

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६