पर्यटन

लुम्बिनी प्रदेशको प्रस्ताव : पहाड काटेर पठार बनाउने



बुटवल १० चैत ।  लुम्बिनी प्रदेश सरकारले निर्माण समाग्री निकाल्न र पहिरोको समस्या समाधान गर्न सिद्धबाबा क्षेत्रको पहाड काट्ने प्रस्ताव संघिय सरकार समक्ष पेश गरेको छ। संघिय सरकारको अर्थ मन्त्रालयले सहलगानीबाट सञ्चालन गर्न सकिने आयोजना पेश गर्न प्रदेश र स्थानिय तहहरुलाई आग्रह गरेको थियो । जस अनुसार लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा क्षेत्रको पहाडको खार्ने प्रस्ताव पेश गरेको हो । यस योजनालाई ‘सिद्धबाबा कृतिम पठार परियोजना’ नाम दिइएको छ। 

परियोजनाको लागि पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको लुम्बिनी प्रदेशका प्रदेश योजना आयोगका सदस्य डा। विष्णु गौतमले जानकारी दिए। उनले विभिन्न सिद्धबाबा क्षेत्रबाट निस्केका ढुंगा माटोलाई विकासका कार्यमा उपयोग गर्न सकिने बताए। ‘मोतिपुर औद्योगिक क्षेत्र, तिनाउ करिडोर लगायतका अन्य ठूला विकासका योजनामा निर्माण सामाग्री उपलब्ध गराउन सकिन्छ।’ गौतमले भने ‘यसो गर्दा पहिरोको समस्या पनि समाधान हुन्छ।’ उनले पहाड काटेर निस्केको जग्गामा आइटी पार्क, होटल लगायत पूर्वाधार पनि बन्न सक्ने उल्लेख गरे। 

पहिरोको समस्या नहुने गरी गरा–गरा जस्तो बनाएर चुरेबाट माटो र ढुंगा निकाल्न सकिने प्रदेश सरकारको प्रस्तावमा उल्लेख छ। ‘खारेर पछाडिपट्टि अनकन्टार भिर गराउन पनि भएन। स्टेप स्टेप गराएर विभिन्न गराहरु बनाउन सकिन्छ।’ आयोगका सदस्य डा। गौतमले भने ‘अन्तीम गरा सडकसँग समानान्त र वा केही माथी हुन्छ।’ यसरी पहाड खार्दा त्यहाँबाट एक खरब रुपैया बराबरको ढुंगा गिट्टी निकाल्न सकिने डा। गौतमको भनाइ छ। ‘परियोजनाले २ सय १४ हेक्टर क्षेत्रफल ओगट्छ। पहाड खार्दा ५० प्रतिसत माटो, २५ प्रतिसत कमसल खालको गिट्टी, र २५ प्रतिसत राम्रै चट्टान निस्कन सक्छ।’

उनले भने ‘झण्डै एक खरब बराबरको निर्माण सामाग्री निकाल्न सकिन्छ।’ चुरे खार्न १० वर्षको समय लाग्ने अध्ययनले जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा बर्षेनी थुप्रैले ज्यान गुमाएका छन् भने धेरै सवारी साधनमा क्षति पुगेको छ। पहिरोबाट हुने क्षतिलाई न्युनिकरण गर्न नेपाल सरकारले सुरुङ मार्गको योजना पनि अघि सारेको छ।सिद्धबाबा कृतिम पठार परियोजनालाई अघि बढाउने हो भने सुरुङ मार्ग आवश्यक नपर्ने प्रदेश योजना आयोगका सदस्य डा। विष्णु गौतमको भनाइ छ। ‘हाम्रो परिकल्पना साकार भयो भने सिद्धबाबा क्षेत्रमा सडकको लागि सुरुङ मार्ग अवश्यक पर्दैन।’ ‘सुरुङ मार्ग बन्ने नै भएपनि हामीले प्रस्ताव गरेको परियोजनाले कुनै असर गर्दैन। सुरुङ मार्गको लागि ठाउँ छोडेर डिजाइन गरेका छौ।’

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६