अन्तर्राष्ट्रिय

बंगलादेशमा शरणार्थी बसेको शिविरमा आगलागी , एक हजारभन्दा धेरै घर जलेर नष्ट



काठमाण्डौ १० चैत्र । बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् ।बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् ।

यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । यो शिविरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले बताएका छन्। यो वर्षको जनवरीमा पनि आगलागीका कारण हजारौँ व्यक्तिहरु घरबारविहीन भएका थिए ।तीन वर्ष पहिले म्यानमारमा हिंसाका कारण रोहिङ्ग्या मुसलमानहरू आफ्नो ज्यान बचाउन बंगलादेशमा शरण लिएर बसिरहेका छन् ।

पछिल्लो समय बंगलादेशको सरकारले केही रोहिङ्ग्या शरणार्थीलाई एउटा टापुमा शिविरहरु बनाएर बसोबासको व्यवस्थासमेत गर्दै आएको छ ।नयाँ शिविर कक्स बजारभन्दा सुरक्षित रहेको र बस्ने व्यवस्था राम्रो भएको बंगलादेशका सरकारी अधिकारीहरुले दाबी गरेका छन् । कक्स बजारमा रहेको यो शरणार्थी शिविरमा ११ लाखभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् । 

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६