अर्थ-वाणिज्य

उद्यमशिलताको नयाँ आयाम :सुन,डलर र टेलर अन्तराष्ट्रिय चेक



कपिलवस्तु १० चैत । सुन,डलर र टेलर अनतराष्ट्रिय  चेक हुन भन्ने अवधारणा सार्वजनिक भएकोछ । उद्यमशिलताको नयाँ आयामको रुपमा  स्तरोन्नती सिलाई कटाई सीप प्रदान गर्न र ग्रहण गर्न आयोजित तालिममा यस्तो वताइएकोहो ।सुन डलर र टेलर विश्वका जुनसुकै भूभागमा विकाउ रहने भएकाले यस्तो दावि गरिएकोहो । 

घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको आयोजना  र घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कार्यालय कपिलवस्तुको  समन्वयमा  एक कार्यक्रका विच तालिमको उद्घाटन भएको हो । कार्यक्रमको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य भेषराज पाण्डेले उद्घाटन गर्दै सिलाइ कटाइ तलिमले अहिलेको बेरोजगारी समस्यालाई हटाइ जिविको पार्जन गर्न ठुलो योगदान गर्ने बताउनु भयो ।

यस्तै उहाँले बेरोजगारी बढीरहेको अवस्थामा सञ्चालन गर्नु नै ठुलो उपलब्धी रहेको बताउदै हातमा सीप भएपछी जिविकोपार्जनमा कुनै समस्या नरहने स्पष्ट पार्नुभयो ।घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा  नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाइले बोल्दै प्रदेश सरकारको लगानीमा भएको ३ महिने तालिम महत्वपूर्ण भएको वताउनु भयो । 

महासंघ कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठ महिला उद्यमी संघका अध्यक्ष लक्ष्मी सारु, बाणगंगा वडा न ४ का वडा सदस्य चित्रबहादुर खाँण, छविलाल नेपाली , धनबहादुर परीयार , शंकर  नेपाली, पूर्ण चन्द्र परीयार लगाएतको उपस्थीती रहेको  थियो । मंगलवारबाट सुरु भएको तालिम जेठ १० गते सम्म चल्ने छ ।२० जना भन्दा बढीले तालिममा सीप सिक्ने छन् ।  कार्यक्रमको  सञ्चालन  घरेलु तथा साना उद्योग कार्यलय कपिलवस्तुका सदस्य पुर्णचन्द्र परियारले गर्नुभएको थियो । 

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६