ब्रेकिंग न्युज

१२ वर्ष सम्म निरन्तर फेल तर कसैले खोजेन वास्तविक कारण



कपिलवस्तु ११ चैत ।कपिलवस्तुमा हात्तिपाइले रोग विरुद्ध १२ वर्ष देखि अभियान चलाएर लाखौं रकम खर्च गरेपनि नतिजा सधै फेल आउने गरेको छ । तर अहिले सम्म सधै अभियान चलाउने र वजेट खर्च गर्ने विषयमा ध्यान दिइएपनि के कारणले फेल भएको हो नतिजा कसैले पनि विष्लेषण गरेको छैन । प्राप्त विवरण अनुसार कपिलवस्तु १० चैत।कपिलबस्तुमा चैत्र २० गतेबाट शुरु हुने हात्तिपाईले रोग बिरुद्दको औषधि ५ लाख ७४ हजार ७ सय ७० जनालाई खुवाईने लक्ष्य राखिएको छ । १२ बर्षसम्म पनि निरन्तर रुपमा अभियान चलेपनि प्रभाबकारी हुन नसकेपछि यसबर्ष नया रणनिति र लक्ष्यका साथ अघि बढने जनाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले राखेको राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई औषधि खुवाउने कार्यक्रम तय भएको जनाईएको छ । कपिलवस्तु जिल्लामा अब चल्ने अभियान १३ औ चरणको रहेको बताउदै यस अभियानलाई सफल पार्न स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले सबैमा आग्रह गर्नुभएको छ ।

चैत्र २० गतेबाट शुरु हुने हात्तिपाईले रोग बिरुद्दको औषधी सेवन कार्यक्रमलाई सफल बनाउन सबैले निर्धक्क भएर औषधीको प्रयोग गर्न सुझाब दिनुभयो । परजिबि शरीरमा हुने तर लक्षण नदेखिएकाहरु धेरै भएको हुनाले सबैले अनिवार्य रुपमा औषधी सेवन गर्नुपर्ने उहाँको भनाई छ ।कार्यक्रममा हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गंगाराम यादबले सहजिकरण गर्दै कपिलवस्तु जिल्लामा २०७६/७७ सम्मको रिपोर्ट अनुसार ५ सय ८९ जनामा हात्तिपाईले रोग देखिएको जानकारी गराउनुभएको छ । जसमा खुट्टा सुनिएका २ सय जना ,हाईड्रोशिल भएका ३८४ जना र हात सुनिएका ५ जना रहेको जानकारी गराउनुभयो ।

 जिल्लाको बाणगंगा ,महाराजगञ्ज नगरपालिका र बिजयनगर गाउपालिकामा यस रोगको बढि प्रभाब देखिएको बताउदै यसको प्रत्यक्ष प्रभाब जिल्लामा देखिनुले कपिलवस्तु जिल्ला यस अभियानमा पछि परेको उहाको भनाई छ । यो सरूवा रोग भएकाले सचेत रहन आग्रह गर्दै,क्युलेक्स जातको पोथी संक्रमित लामखुट्टेले मानिसलाई टोके पछि यो रोग लाग्ने जनाईएको छ ।

प्रकाशित : ११ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६