बुटवल १३ चैत । निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि सरकारले वार्ता टोली गठन गर्न सक्ने संकेत नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले दिएका छन् । चौधरीको रिहाइका लागि काठमाडौंमा भएको प्रदर्शनमा सहभागि हुन गएको वादलले त्यसो बताएका हुन् । जसपाका नेता कार्यकर्ताहरुहरु माझ उनले भने–‘तपाईंहरूले १९ बुँदे माग राख्नुभएको छ। यी मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’ यसअघि बढ्दै उनले फेरि भने,‘सरकारको यसमा ध्यान पक्कै गएको छ। प्रधानमन्त्रीका तर्फबाट म अहिले यहाँ उपस्थित भएको छु।
सरकार पनि समस्यालाई सकेसम्म छिटोभन्दा छिटो समाधान गर्ने पक्षमै छौं।’उनले चौधरीको रिहाइको विषयमा सरकार सकारात्मक नै रहेको बताए। ‘सरकारले छिट्टै वार्ता टोली गठन गरेर सम्वाद र वार्ताद्वारा नै यसलाई हल गर्नु उपयुक्त हुन्छ,’ उनले भने।थारु कल्याणकारिणी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडौंको संयुक्त आयोजनामा माइतीघरमा केहि दिन देखि प्रदर्शन हुँदै आएको छ। टीकापुरमा २०७२ भदौ ७ गते एक एसएसपी सहित ८ जनाको हत्या भएको थियो।
सोही घटनाको योजना बनाएको आरोपमा रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले गत पुसमा जन्मकैदको फैसला सुनाएको थियो।
प्रतिक्रिया