ब्रेकिंग न्युज

होली पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह



कपिलवस्तु १३ चैत्र । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले  आउन लागेको फागु पूर्णिमा(होली)पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ।छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा जिल्लामा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि होली पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रशासन कपिलवस्तुले सूचना जारी गर्दै बिज्ञप्तिमार्फत भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विहिबार साँझ सूचना जारी गर्दै केही दिनयता कोरोना संक्रमण बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै सूचनामा सार्वजनिक स्थानमा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।‘भारतमा कोरोना संक्रमण बढ्दै गएको र खुल्ला सीमाबाट सर्वसाधरणहरुको आवतजावत बढी देखिएकोले स्वास्थ्य मन्त्रालयबाट जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुहुन अनुरोध छ’, प्रशासनबाट जारी सूचनामा उल्लेख छ।


प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६