अर्थ-वाणिज्य

संघले पठायो बाणगंगामा धान रोप्न ५० लाख,शुरु भयो चैत रोपाई



कपिलवस्तु १५ चैत । नेपालको पुर्व मेचिदेखि पश्चिम महाकाली सम्म तराई देखि पहाडी क्षेत्रका सात सय मिटर भन्दा तलका सिञ्चित भुमिमा यतिबेला चैते धान रोप्न सुरु गरिएको छ ।  निकै लामो खडेरीको समय पछि रोपिएको  धानको बढि उत्पादन हुने कृषि विज्ञहरुको भनाईछ । यसैबिच कपिलवस्तको वाणगंगामा पनि चैते धान रोपाई सुरु भएको छ । 

 धान उत्पादन पर्वद्धन वालि विकास कार्यक्रम अन्र्तगत वाणगंगा नगरपालिका कृषि विकाश शाखाको आयोजनामा चैते धान रोपाई सुरु गरिएको छ । खाद्यन्न उत्पादनमा टेवा पुराउने उद्देश्ले वाणगंगा नगरपालिका वडा नं ४ हरिहरपुरमा लार्ज स्केल डेमोन्सट्रेसन चैते धान रोपाई कार्यक्रम आज सन्चालन गरिएको थियो । 

वडा नं ५, ४ र १० गरि नगरपालिका भित्र जम्मा पचास कठ्ठा जमिन अन्तर्गत चालिस कठ्ठा रोपि सकेको र अझै दश कठ्ठा रोप्न बाकि रहेको कृषि विकाश साखा अधिकृत सन्तोस कुमार भुसालले जानकारि दिनुभयो ।उहाले यस कार्यक्रमका लागि सघिंय सरकारबाट पचास लाख प्राप्त भएको जानकारी दिनुभयो । उहाले कृषकहरुलाई निशुल्क रुपमा धानको विउ, डाइ तथा पोटास मल , प्रांगारिक मल वितरण गरिएको थियो ।

 चार जातका धानमा परिक्षण गरि कृषकले मन पराएका जातको बिउ बढि फलदायी हुने  र उत्पादन बढि हुनेगरी प्रयोगमा ल्याइने उहाले बताउनुभयो । हरिहरपुर टोल विकास समितिका  उपाध्यक्ष खेम बहादुर हमालले हरिहरपुरमा  १२० बिघा क्षेत्रफलमा १३५ घरधुरीले चैते  कृषि धान रोप्ने योजना बनाएकोे बताउनुु भयो । 

उहाले वाणगंगा बासिका लागि सुरुवातको  खेति भएकाले राम्रो उत्पादन भएमा अर्काे बर्षबाट पनि यहि चैते धानलाई महत्व दिन सकिने बताउनु भयो । उहाले बाझो खेतहरु रहने, सिचाईको  व्यवस्था भएको ठाउहरुलाई छनौट गरि चैते धान रोप्नु पर्ने सल्लाह दिनुभएको छ ।

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६