कपिलवस्तु १७ चैत । लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बुधवार सुरु हुँदै छ। वर्षे अधिवेसन सकिएको ठीक छ महिनापछि हिउँदे अधिवेसन सुरु हुन लागेको छ। यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रुपमा एउटै पार्टी रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा छन्। सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले सत्तारुढ नेकपालाई एकिकरण अघिको अवस्थामा पु¥याइदिएको थियो।
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ। पुन विभाजित भएपछि अब दुइ दलको लागि छुट्टा छुट्टै लहरमा बस्ने व्यवस्था मिलाइने छ।
प्रतिक्रिया